नदीमा डुबेर धनगढीमा दुई बालकको मृत्यु

हिमालय टिभी
२०७९ जेठ १५ गते १४:४८
नदीमा डुबेर धनगढीमा दुई बालकको मृत्यु

१५ जेठ २०७९ धनगढी । धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुल मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो।

प्रहरीका अनुसार धनगढी–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो। पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुबेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *