आर्थिक

पोखरामा भेडा च्याङग्राको मेला (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक ३ गते २०:३०
पोखरामा भेडा च्याङग्राको मेला (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०८० कास्की । बडा दशैँको आगमनसँगै पोखरामा भेडा च्याङग्राको मेला लाग्ने गर्छ । यो वर्ष पनि घटस्थापनादेखि नै भेडा च्याङग्राको मेला लागिसकेको छ ।

अन्य समयमा खसीबोकाको मासु खाए पनि दशैँमा भने उपभोक्ताको रोजाइमा च्याङग्राको मासु पर्ने गर्छ । तर, भेडा च्याङग्राको मुल्य आकाशिँदा उपभोक्तालाई कठिन भएको छ ।

कोरोना महामारीअघिसम्म दसैँलाई केन्द्रित गरेर पोखरामा ४० हजारको हाराहारीमा भेडा(च्याङ्ग्रा भित्रन्थ्यो । कोरोना महामारीपछि १२ हजार जति भेडा च्याङग्रा पोखरा भित्रन्छ । तिब्बततर्फको नाका बन्द हुँदा पछिल्ला चार वर्षदेखि चिनियाँ च्याङ्ग्रा आउन छोडेको छ । माग बढी आपूर्ति कम हुँदा च्याङ्ग्राको मूल्य आकाशिएको छ।
पोखरामा विशेष गरी मुस्ताङबाट भेडा च्याङग्रा आउने गर्छन ।

तिब्बतबाट मुस्ताङ हुदैँ आउने भेडा च्याङग्रा आउन छाडे । पोखरामा पछिल्लो समय पश्चिमी जिल्ला बझाङ, बाजुरा, जुम्ला, बझाङबाट समेत ल्याइएको छ । यस वर्ष खोरमै अघिल्लो वर्षको तुलनामा एउटैको १५ हजारसम्म मूल्य बढेपछि च्याङग्राको मूल्य छोइनसक्नु भएको छ ।

भेडाको ३०–३५ हजार रुपैयाँ र च्यांग्राको ५५–६० हजार रुपैयाँसम्म मूल्य तोकिएको छ । भेडा च्यांग्रा किन्न आउने ग्राहकको संख्या भने बढ्दो छ । मूल्य सुनेर कोही त्यसै फर्कन्छन् भने कोही महँगै भए पनि दशैंमा च्याङग्रा डोर्‍याउने आँट गर्छन ।

पश्चिमका जिल्लाबाट तीन दिन लगाएर गाडीबाट भेडा च्याङग्रा पोखरा ल्याइन्छ । ट्रकमा ढुवानीकै १ लाख रुपैयाँ तिर्नुपर्दा भेडाच्यांग्राको मूल्य महँगो पर्न जाने व्यवसायी बताउँछन् ।

मुस्ताङका काला च्याङग्रा भने बढि माग हुने गरेकाले साना भए पनि मुल्य बढि हुने गरेको छ । १५ देखि २० केजीको जिउदो च्याङग्राको ४० देखि ४२ हजारमा विक्री भइरहेको छ । भेडा भने ३०(३५ हजारमा विक्री भएका छन् । सेता च्याङग्रा मुस्ताङका भन्दा ठुला छन् । ती च्यांग्राको ५५(६० हजारसम्ममा विक्री भएका छन् ।

पोखरामा गतवर्ष १२ हजार भेडा च्यांग्राको किनबेच भएको तथ्याङ्क छ । यो वर्ष पनि यही हाराहारीमै किनबेच हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको अनुमान छ । यो वाहेक कास्की जिल्लामा १५ हजार खसीबोका दशैमा खपत हुने अनुमान छ ।

यो वर्ष मुस्ताङबाट मात्रै ५ हजार ८ सय भेडा च्यांग्रा पहिलो लटमा पोखरा ल्याइएको छ । ३ हजारभन्दा बढि पश्चिमी जिल्लाबाट ल्याइएको छ । यो संख्या अपुग हुने भएपछि व्यवसायीले अष्टमीसम्म रातारात गाडीबाट थप भेडा च्याङग्रा पोखर ल्याउने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *