Main News
अविरल वर्षाका कारण धनगढी बजार डुबानमा
२०८० असोज ८ गते १३:१३
८ असोज २०८० कैलाली । अविरल वर्षाका कारण कैलालीको धनगढी बजार डुबानमा परेको छ ।
सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले प्रसूति र शल्यक्रिया कक्षमा पानी पसेको जानकारी दिनुभयो । वार्डमै पानी पसेपछि बिरामी र कुरुवालाई समस्या भएको छ ।
गएरातिदेखिको अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।
पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया