फोहरबाट मोहर कमाउँदै धनगढी उपमहानगरपालिका (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते १७:५०
फोहरबाट मोहर कमाउँदै धनगढी उपमहानगरपालिका (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० धनगढी । सफा एवं सुन्दर धनगढी बनाउने उद्देश्यले जथाभावी फोहर फाल्न पूर्ण रुपमा बन्द गरेको धनगढी उपमहानगरपालिकाले सोही फोहर संकलन गरी मोहर कमाउन थालेको छ ।

उपमहानगरले टोलटोलबाट संकलित फोहरलाई वर्गीकरण गरी आम्दानीको श्रोत बनाएको छ । उपमहानगरले केन्द्रबाट वर्गीकरण गरी नकुहिने फोहरलाई ग्याँस तथा मल उत्पादनमा लगाउने र बाँकी कुहिने फोहर ल्याण्डफिल साइटमा व्यवस्थापन गर्न शुरु गरेको हो ।

धनगढी उपमहानगरपालिका २ स्थित सरस्वती टोलको बायोग्यास प्लान्टसंगै उपमहानगरले सुक्ष्म फोहर वर्गीकरण केन्द्र निर्माण गरेको छ । सो स्थानमा उप महानगरबाट संकलन भएको नकुहिने फोहर जम्मा गरेर वर्गीकरण हुँदै आएको छ ।

नगर क्षेत्रबाट संकलन भएको नकुहिने प्लास्टिकजन्य, फलाम, रबर, कागज र सिसाजन्य फोहर संकलन गरेर सुक्ष्म वर्गीकरण केन्द्रमा अलग–अलग छुट्याएर राखिने गरिन्छ । यहाँ नकुहिने फोहर मात्रै ल्याउने र त्यसको प्रकृति अनुसार अलग–अलग छुट्याएर भण्डारण हुँदै आएको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १ देखि ८ सम्मको फोहर संकलन गर्दा स्रोतमै कुहिने र नकुहिने फोहर अलग–अलग संकलन गर्ने गरेको छ । कुहिने फोहर संकलन गरेर वडा नम्बर २ मै रहेको व्यायो ग्यास प्लान्टलाई दिने गरिएको छ भने नकुहिने फोहर सुक्ष्म व्यवस्थापन केन्द्रमा ल्याएर वर्गीकरण गरिने छ । धनगढीबाट दैनिक ३० टन फोहरमैला संकलन भइरहेको छ । जसमध्ये १२ देखि १५ टन कुहिने फोहर छ भने बाँकी नकुहिने फोहर छन् । वर्गीकरण गरिएको फोहरमैला बिक्रीबाट आम्दानी गर्ने उपमहानगरले योजना बनाएको छ ।

उपमहानगरले भविष्यमा फोहरको बजारीकरण संकलन गरेको राजस्वलेनै नगरको फोहोर व्यवस्थापन गर्न सक्ने स्थितिमा ल्याउने योजना बनाएको छ । अहिले उपमहानगरले फोहर व्यवस्थापनमा आफ्नो श्रोत खर्च गर्दै आएको भएपनि आगामी दिनमा फोहर बेचेको पैसाले नै फोहरको व्यवस्थापन गर्न सक्ने स्थिति बनाउने उपमहानगरको लक्ष्य छ । फोहरलाई नगरको आयश्रोतसंग जोड्ने काम सफल बनाउन नगरवासीको सहयोग अपरिहार्य हुने अपेक्षा लिइएको छ ।

उपमहानगरले सुक्ष्म वर्गीकरण केन्द्र निर्माणमा २२ लाख ३ हजार ८ सय ३१ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी केन्द्रको फेन्सिङमा ९ लाख ५२ हजार २ सय ९७ खर्च भएको छ । धनगढी उपमहानगरले सो फोहोर देव तालिम केन्द्र संग सहकार्य गर्दै बनाइएको वायो ग्याँस प्लान्टलाई दिदै आएको छ । सो प्लान्टले दैनिक १ सय सिलिन्डर भन्दा बढी ग्याँस उत्पादन गर्दै आएको छ भने सोही फोहोरबाट मल समेत उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *