आर्थिक

अर्थतन्त्र समस्यामा : बाह्य सुधार, आन्तरिक डामाडोल (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १९ गते २०:४०
अर्थतन्त्र समस्यामा : बाह्य सुधार, आन्तरिक डामाडोल (भिडियो रिपोर्टसहित)

१९ कात्तिक २०८० काठमाडौं । करिब डेढ वर्षदेखि संकटोन्मुख नेपाली अर्थतन्त्रमा बाह्य क्षेत्रमा भएको केही सुधारले सकारात्मक आशा जगाए पनि पनि आन्तरिक अर्थतन्त्र चलायमान बनेको छैन ।

उच्च ब्याजदर, बजार महंगी, उपभोगमा आएको संकुचनले आन्तरिक अर्थतन्त्र दबावमै छ । सरकारी वित्तको दबाव पनि कायमै छ । यसले नेपालमा थप आर्थिक जटिलता निम्तन जोखिम देखिन्छ ।

यो अभिव्यक्ति मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्नु भएका अर्थमन्त्री प्रकाशरण महतको हो । उहाँले हरेक जसो सार्वजनिक कार्यक्रम नेपालको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गर्दै आउनुभएको छ । तर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अर्थतन्त्र अझै अनश्चियको भूमरिमै रहेको दाबी गर्नुहुन्छ । गर्भनर अधिकारीको यो अभिव्यक्ति हुनुहोस् ।

यसबाट प्रष्ट हुन्छ अर्थमन्त्री महत मुलुकको बाह्य अवस्था हेरेर सन्तोष लिइरहनुभएको छ।

अब हेरौं कस्तो छ बाह्य अर्थतन्त्र ?
चालू खाताः २३ अर्ब ५० करोड रुपैयाँ (बचत)
विदेशी विनिमय सञ्चितिः १५ खर्ब ९८ अर्ब रुपैयाँ
शोधनान्तर स्थितिः ५३ अर्ब ६१ करोड रुपैयाँ (बचत)
रेमिट्यान्सः २ खर्ब २८ अर्ब रुपैयाँ

अब आन्तरिक अर्थतन्त्रको अवस्था हेरौं
महंगीः ८.१९ प्रतिशत
कर्जाको ब्याजदरः १५ प्रतिशत
वित्तीय प्रणालीमा लगानीयोग्य रकमः ५ खर्बभन्दा बढी
उद्योगधन्दा क्षमताको ३० प्रतिशतमात्र सञ्चालन
सरकारी कोषः २० अर्बले घाटामा

सरकारी कोष घाटामा जाँदा निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी रोकिएको छ । यसका साथै शेयर बजारमा पछिल्लो डेढ वर्षदेखि निरन्तर गिरावट रघरजग्गा कारोबारमा पनि मन्दी कायमै छ । यसले आन्तरिक अर्थतन्त्र डामाडोल रहेको प्रष्ट हुन्छ ।

तर करिब डेढ वर्षअघि अवस्था ठिक उल्टो थियो बाह्य क्षेत्रमा सुधार छ तर आन्तरिक अर्थतन्त्र डामाडोल छ । बाह्य अर्थतन्त्रको सुधारले मात्र आन्तरिक अर्थतन्त्र सुधार नहुने भन्दै आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भिर नबनेको निजी क्षेत्रको आरोप छ ।

उसो त बाह्य क्षेत्रमा प्राप्त उपलब्धीको प्रयोगबाट आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सरकार र केन्द्रिय बैंक दुबैलाई अवसर भने दिएको छ । तर यी दुई निकाय सहकार्य गर्न तयार भएको देखिदैन । अर्थात अर्थमन्त्री महत र गभर्नर अधिकारीको व्यक्तिगत इगोका कारण आन्तरिक अर्थतन्त्र पिल्सिरहेको छ । तर दुबैलाइ अझै पनि आफ्नो जिम्मेवारी हेक्का र अर्थतन्त्रको सुधारमा चिन्ता देखिदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *