आर्थिक

दिनदिनै रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा गिरावट

हिमालय टिभी
२०८० मंसिर १९ गते १३:४२
दिनदिनै रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा गिरावट

१९ मंसिर २०८० काठमाडौं । निरन्तर उकालो लागेर दिनदिनै रेकर्ड कायम गर्दै आएको सुनको मूल्यमा आज गिरावट आएको छ ।

सुन तोलामा आज एकै दिन २ हजार ४ सयले घटेको हो । छापावाला सुन तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन अहिलेसम्मकै उच्च १ लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *