आर्थिक

चिया व्यवसाय सुरु भएको एकसय ६० वर्षपछि चिया प्राविधिक पढाई सुरु (भिडियो रिपोर्टसहित)

२०८० मंसिर २२ गते १५:५९
चिया व्यवसाय सुरु भएको एकसय ६० वर्षपछि चिया प्राविधिक पढाई सुरु (भिडियो रिपोर्टसहित)

२२ मंसिर २०८० इलाम । नेपालमा चिया व्यवसाय सुरु भएको एकसय ६० वर्षपछि पहिलो पटक चिया प्राविधिक पढाई सुरु भएको छ । चिया व्यवसाय सुरु भए पनि दक्ष प्राविधिकको अभाव थियो ।

त्यसैलाई मध्यनजर गर्दै रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्राविधिक पढाई सुरु गरिएको छ । जसले गर्दा गुणस्तरीय तयारी चिया उत्पादनका लागि भारतीय जनशक्तिको भर पर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ ।

नेपालमा चिया खेती विस्तार हुन क्रम बढ्दो छ । तर, प्राविधिक नहुँदा गुणस्तरीय चिया उत्पादनका लागि भारतीय प्राविधिकको भर पर्नुपर्छ । सिटिइभिटीले दुई वर्षे पाठ्यक्रमलाई स्वीकृति दिएसँगै पढाई शुरु भएको छ । चिया प्राविधिक अध्ययन अन्तर्गत विद्यार्थीले तीन महिना सैद्धान्तिक र १९ महिना प्रयोगात्मक शिक्षा पाउनेछन् । पहिलो ब्याचमा अहिले ४० जना विद्यार्थी भर्ना भएका छन् ।

चिया प्राविधिक पढ्न अहिले इलामसहित पाँचथर, ताप्लेजुङ्ग, भोजपुर, बाँके र बर्दियाबाट रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय आएका छन् । विद्यार्थीले कुनै शुल्क तिर्नु पर्दैन बरु उल्टै हाजिरि भएको दिन दैनिक एक सय रुपैंयाँ भत्ता समेत पाउँछन् । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको दुईबर्षे कोर्षका लागि करिव १८ लाख रुपैंयाँ बजेट छुट्याइएको छ ।

शिक्षालयमा चिया प्रबिधि सम्बन्धि अध्ययन गर्ने विद्यार्थीलाई इलाम र पाँचथरका बिभिन्न १५ वटा चिया उद्योगमा प्रयोगात्मक कक्षा लिनका लागि ब्यबस्था मिलाइएको छ ।

प्राविधिक पढाइ पूरा गरेकाले नेपालका चिया उद्योगमा रोजगारी पाउनेछन । यसले नेपाली चिया उद्योगहरुमा भारतीय प्राविधिकको निर्भरताको अन्त्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *