आर्थिक

भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा तीन दिने फुड फेस्टिवल आयोजना हुने

हिमालय टिभी
२०८० पुष ८ गते १३:३९
भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा तीन दिने फुड फेस्टिवल आयोजना हुने

८ पुस २०८० धनकुटा । प्राकृतिक विविधतायुक्त कोशी प्रदेशको प्रमुख पर्यकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा तीन दिने फुड फेस्टिवल आयोजना हुने भएको छ ।

आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।

तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताउनु भयो ।

फेस्टिवलमा २५ वटा स्टल रहने जनाइएको छ । सो अवधिमा ३० हजारसम्म बाह्य तथा आन्तरिक पर्यटक घुम्न आउने तथा एक करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

फेस्टिवल सञ्चालन गर्नका लागि २७ लाख ५० हजार रुपियाको अनुमानित बजेट विनियोजन गरिएको छ । भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । यस वर्ष आयोजना हुने फेस्टिवल ११ औं संस्करणको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *