आर्थिक

तीनपटक सर्किट ब्रेक, शेयर बजार बन्द

हिमालय टिभी
२०८० मंसिर २४ गते १३:२५
तीनपटक सर्किट ब्रेक, शेयर बजार बन्द

२४ मंसिर २०८० काठमाडौं । शेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेपछि आजका लागि कारोबार बन्द भएको छ ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेट दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो ।

पुनः १२ बजेर ७ मिनेटमा सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो । योसँगै आजका लागि शेयर कारोबार बन्द भएको छ ।

आज शेयर बजार परिसूचक नेप्से १११ अंकले बढेको छ । नेप्से १९ सय ६३ अंकमा कायम भएको छ । ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो । आज जलविद्युत् समूह सबैभन्दा धेरै ८ दशमलब ६ प्रतिशत बढ्यो ।

१३ कम्पनीको मूल्य ९ दशमलब ९ देखि १० प्रतिशतसम्म बढेको छ । माउन्टेन इनर्जी, सोनापुर सिमेन्ट, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार धेरै भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *