खस्किँदो अर्थतन्त्र, अटो शोमा बढ्दो भीड
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा मंगलबार सुरु भएको १६औं संस्करणको नाडा अटो शोमा दुई पांग्रे र चार पांग्रे सवारी साधन खरिद र अवलोकनकर्ताको भिड छ । यो चार दिनमा ५० हजारभन्दा बढीले शोको अवलोकन गरिसकेका छन् । अटो व्यवसायी र उपभोक्ताका लागि कुम्भ मेलाको रुपमा चिनिने यहाँ हेर्दा लाग्छ मुलुकको अर्थतन्त्र लयमा फर्किइसकेको छ ।
भान हुन्छ, गाडी किन्ने हैसियत भएका नेपालीकाे संख्या बढ्दै छ !
अर्थतन्त्रको सूचक
विदेशी मुद्रा सञ्चिति :२० खर्ब ४१ अर्ब
बैंक तथा वित्तीय संस्थामा : ६ खर्ब लगानीयोग्य रकम
औद्योगिक उत्पादनको समग्र माग : ५० प्रतिशतले ह्रास
साना तथा मझौला व्यवसाय ४० प्रतिशत बन्द
एक वर्षमै ५२ हजार ३ सय व्यक्ति र फर्म बैंकको कालोसूचीमा
बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब ९४ करोडले वृद्धि
प्रतिक्रिया