२ महिना मै नेपालमा भित्रियो १ अर्ब बढीको स्याउ (भिडियो रिपोर्टसहित)
५ कात्तिक २०८० काठमाडौं । नेपालमा सबै प्रकारको फलफूल उत्पादन हुन्छ । मुख्यगरी चाडपर्वमा बढी खपत हुने स्याउ तथा केराको त विभिन्न जिल्लामा व्यवसायिक उत्पादन नै हुन्छ । मुस्ताङमा मात्रै ५० देखि २ सय टनसम्म स्याउ उत्पादन हुन्छ ।
यो झण्डै ५० देखि ७० करोड मूल्यबराबरको हो । अन्य हिमाली जिल्लामासमेत स्याउको व्यवसायिक उत्पादन हुन्छ भने केरालगायतका फलफूलको तराइका विभिन्न जिल्लामा खेती भइरहेको छ । तै पनि विदेशबाट हुने फलफूलको आयात घटेको छैन । मुख्य गरी चाडपर्वको समयमा त ठूलो मात्रामा फलफूल आयात हुने गरेको छ ।
साउन लागेसँगै नेपालमा चाडपर्वको रौनक सुरु हुन्छ । योसँगै फलफूलको आयातसमेत बढ्छ । भन्सार विभागको पछिल्ला ५ वर्षको तथ्यांक हेर्ने हो भने चाडबाडको समयमा मात्रै फलफूल आयातमा नेपालको अर्बैँ रुपैँ बाहिरिएको छ । आयात हुने फलफूलमा सबैभन्दा धेरै स्याउ त्यसपछि केरालगायत छन् ।
कस्तो छ ५ वर्षको तथ्यांक ?
आ.व. २०७६्–०७७ को साउन, भदौ र असोज तीन महिनामा बाहिरिएको रकम
स्याउ १ अर्ब ८८ करोड रुपैयाँ
केरा ३९ करोड ७९ लाख रुपैयाँ
किबी १ करोड ३० लाख रुपैयाँ
एभोकाडो १ करोड १२ लाख रुपैयाँ
आव २०७७–०७८ को साउन, भदौ र असोज तीन महिनामा बाहिरिएको रकम
स्याउः १ अर्ब २२ करोड रुपैयाँ
केराः १७ करोड ८२ लाख रुपैयाँ
किबीः ७० लाख ९७ हजार रुपैयाँ
आव २०७८–०७९ को साउन, भदौ र असोज तीन महिनामा बाहिरिएको रकम
केराः ५७ करोड ८४ लाख रुपैयाँ
स्याउः २ अर्ब ६५ करोड रुपैयाँ
किबीः १ करोड ९२ लाख रुपैयाँ
एभोकाडो ८५ लाख ४३ हजार रुपैयाँ
आ.व. २०७९्–०८० को साउन, भदौ र असोज तीन महिनामा बाहिरिएको रकम
स्याउः २ अर्ब २४ करोड रुपैयाँ
केराः १६ करोड २३ लाख रुपैयाँ
किबीः २ करोड रुपैयाँ
आ.व. २०८०–०८१ साउन र भदौ २ महिनामा बाहिरिएको रकम
स्याउः १ अर्ब ४२ करोड रुपैयाँ
केराः ३९ करोड २५ लाख रुपैयाँ
किबीः ३ करोड ९ लाख रुपैयाँ
एभोकाडोः १ करोड ७२ लाख रुपैयाँ
सरकारले नेपाली उत्पादनलाई बजारीकरण गर्न नसक्दा चाडपर्वमा विदेशी उत्पादन बेच्नुपरेको फलफूल व्यवसायी बताउँछन् ।
२०७८ को कृषि गणनाअनुसार नेपालमा ६२ प्रतिशत परिवार कृषक छन् । फलफूलमा खेतीमा पनि व्यवासियक रुपमा लाग्नेको संख्या ठूलै छ । तर चाडपर्वहरु धान्न विदेशी फलफूलकै भर पर्नुपर्ने अवस्था छ । जसले वर्षेनी ठूलो रकम बाहिरने गरेको छ ।
प्रतिक्रिया