Main News

काठमाडौं महानगर र सिसडोलवासीबीच सधैं द्वन्द्व, फेरि फोहर विर्सजन रोक्ने घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३० गते २०:५३
काठमाडौं महानगर र सिसडोलवासीबीच सधैं द्वन्द्व, फेरि फोहर विर्सजन रोक्ने घोषणा (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । झण्डै दुई दशकदेखि काठमाडौं महानगरपालिका र ल्याण्डफिल्ड साइटका बासिन्दाबीच द्वन्द्व जारी छ । ल्याण्डफिल्ड साइटकाका बासिन्दा फोहरले सासै फेर्न नसक्ने अवस्था आएको भनेर आन्दोलन गर्ने अनि महानगर थुमथुम्याउन सहमति गर्ने क्रम २०६२ सालदेखि चलिरहेको छ ।

सहमति गर्ने कार्यान्वयन नगर्ने महानगपालिकाको रबैयाले वाक्कदिक्क भएका सिसडोलका बासिन्दाले फेरि एक पटक फोहर विर्सजन रोक्ने गरी आन्दोलन घोषणा गरेका छन् । अहिलेसम्म भएका सहमतिको विवरण हेरौं ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले असोज १ देखि काठमाडौं महानगरपालिकाको फोहर बिसर्जन गर्न नदिने चेतावनी दिएको छ । गत वर्ष भदौ १ गते शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले स्थानीय बासिन्दासँग ४ बुँदे सहमति गरेका थिए । २०६२ यता महानगरपालिका र प्रभावित क्षेत्रकाबासिन्दाबीच १ सय ७५ पटक सहमति भइसकेको छ । तर कार्यान्वयन भएको छैन । एक पटक हेरौं २०६२ देखि २०७९ सम्म कहिले के सहमति भयो रु

कहिले के सहमति ?
२०६२ जेठ २२ गते

काठमाडौं महानगर, ललितपुर उपमहानगर, ओखरपौवा ल्यान्डफिल्ड साइट समिति र स्थानीय विकास मन्त्रालयबीच २२ बुँदे सम्झौता

२०७६ साउन २ गते
लगानी बोर्ड, सहरी विकास मन्त्रालय, स्थानीयबीच बैठक बसेर स्थानीयका सबै माग पूरा गर्ने सहमति

२०७७ साउन १५ गते
सहरी विकास मन्त्रालयमा बैठक बसी जग्गा अधिग्रहण गर्ने र सडक बनाउने सहमति

२०७७ चैत २२ गते
स्थानीयका माग कार्यान्वयन गर्ने महानगरको वातावरण विभागको सहमति

२०७८ असार ९
स्थानीयले सडक मर्मत र सडक बत्ती राख्न माग गरेपछि महानगर र स्थानीयबीच सहमति

२०७९ जेठ २६ गते
तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको बैठकले स्थानीयका माग सम्बोधन गर्न स्थानीय र सरोकारवालासहितको बैठक राखेर १८ बुँदे सहमति

२०७९ साउन ३
महानगरपालिकाको सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीयबासिन्दा, ककनी गाउँपालिका, धुनीबेँसी नगरपालिकाका प्रतिनिधिसहितको बैठक बसी सिसडोल–बन्चरेडाँडा सडक मर्मत गर्ने सहमति

२०७९ साउन ४
अघिल्लो दिनकै विषयमा सडक निर्माणमा सहयोग गरिदिनेबारे सल्लाह गर्न सडक विभाग, स्थानीयबासिन्दा, ककनी र धुनीबेँसीका जनप्रतिनिधिसहित सहमतिपत्रमा हस्ताक्षर

२०७९ भदौ १
काठमाडौं, नुवाकोट, धादिङका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिबीच फोहर क्यापिङ गर्नुपर्ने, सडक बत्ती बाल्नुपर्ने, सडक र फोहर फाल्ने ठाउँमा दिनहुँ औषधि छर्कनुपर्ने, लिच्चड नचुहिने गरी फोहर ढुवानी गर्ने, स्थानीयलाई मुआब्जा तथा अन्य क्षतिपूर्ति दिनुपर्नेलगायत चार बुँदे सहमति

के-के थिए २०६२ का सम्झौतामा ?
ककनीदेखि सिसडोलसम्मको सडकमा प्रत्येक दिन कीटाणु मार्ने औषधि छर्कनुपर्ने
धर्मकाँटामा जोखेर मात्रै फोहर सिसडोलमा खन्याउनुपर्ने
एक निकायले मात्रै सम्झौता भंग गर्न नपाइने
पाँच वर्षभित्र बन्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनाउने
स्थानीयलाई उचित मुआब्जा दिने
खानेपानी, बिजुली र टेलिफोनको सहज सुविधा पुर्‍याउनुपर्ने

२०६२ सालमा भएका सहमति र २०७९ सालमा भएका सहमतिका बुँदा र शब्दहरु मात्रै फरक छन, सहमतिको सार एकै छन । २०६२ सालमा भएको सम्झौता ११ महिनापछि तत्कालीन स्थानीय विकास मन्त्रालय, फोहरमैला स्रोत परिचालन केन्द्रले एकतर्फी रूपमा भंग गर्‍यो । गत भदौमा भएको सहमति अहिलेसम्म कार्यान्वन भएन । ल्याण्डफिल्ड साइट प्रभावित र महानगरबीच सहमति हुने तर कार्यान्वन नहुने शिलशिला १७ वर्षदेखि चलिरहेको छ । र यो क्रम तोडिने छनक पनि छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *