Main News

स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

हिमालय टिभी
२०८० माघ १४ गते १७:१२
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड

१४ माघ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउँदै जानु पर्नेमा जोड दिनुभएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री एवं कुलपति प्रचण्डले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिनु भएको हो ।

उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानले स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवा विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *