Main News

युवाको अगुवाईमा मेला महोत्सव, गाउँमा बढ्यो चहलपहल (भिडियो रिपोर्टसहित)

२०८० माघ १५ गते १६:३१
युवाको अगुवाईमा मेला महोत्सव, गाउँमा बढ्यो चहलपहल (भिडियो रिपोर्टसहित)

१५ माघ २०८० पाँचथर । पाँचथरका गाउँमा युवाले विभिन्न मेला महोत्सव आयोजना गरेर गाउँमा चहलपहल बढाइरहेका छन् । युवाको पहलमा भएको मेला महोत्सवले स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनमा पनि सहयोग पुगेको छ ।

पाँचथरका गाउँमा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवको आयोजन गरेर युवाले गाउँको परम्परा र संस्कृति जोगाउने प्रयास गरिरहेका छन् । यस्ता कार्यक्रम आयोजना हुँदा गाउँ छाडेर शहर पसेका पनि गाउँ फर्किँदा चहलपहल बढिरहेको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सुविधाका लागि युवा शहर वा विदेश जाने क्रम बढेको छ । तर, बेला बेला आयोजना हुने महोत्सवका बेला उनीहरु गाउँ फर्किने गरेका छन् । विदेश गएका पनि सकेसम्म मेला महोत्सवकै बेला छुट्टी मिलाएर फर्किने गरेका छन् ।

उनीहरुले यस्ता मेला महोत्सवका लागि आर्थिक सहयोग समेत गर्ने गरेका छन् । भदौदेखि वैशाखसम्म गाउँगाउँमा हुने मेला महोत्सवले स्थानीय संस्कृति जगेर्नामा र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

गाउँ गाउँमा हुने मेला महोत्सवले गाउँलाई उज्यालो बनाएका छन् । पुराना स्मृति ताजा बनाएका छन् । मेला महोत्सव गाउँले जोगाएका संस्कृतिलाई कायम राख्न सहयोगी बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *