Main News

एमसीसी र बीआरआईबाट नेपालले लाभ लिन सक्नुपर्छ : सभामुख घिमिरे

हिमालय टिभी
२०८० भदौ १६ गते १३:२२
एमसीसी र बीआरआईबाट नेपालले लाभ लिन सक्नुपर्छ : सभामुख घिमिरे

१६ भदौ २०८० काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले अमेरिकाको आर्थिक सहयोग परियोजना एमसीसी र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’बीआरआईबाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको हो ।

सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ ।

एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनताको हितमा प्रयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।

भौगोलिक विकटताका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने दावी गर्नुभयो ।

नेपाललाई वाह्य ऋणबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले राजनीतिक बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरु मिल्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *