Main News
सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु
२०८० भदौ १५ गते १३:२१

१५ भदौ २०८० काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरेको छ ।
सिंहदरबारमा बसेको समिति बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश शर्मा अहिले सर्वोच्च अदालतमा काजमा हुनुहुन्छ । भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार शर्मालाई संसदीय सुनुवाईका लागि न्याय परिषद्ले पत्र पठाएपछि उजुरी आह्वान गरिएको समितिका ज्येष्ठ सदस्य सभापति पशुपतिसमशेर राणाले जानकारी दिनुभयो ।
१० दिन भित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रश्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाई हुनेछ ।
प्रतिक्रिया