Main News

पाल्पामा गुडिरहेको जीपमा पहिरो खस्दा तीन जनाको मृत्यु, आठ जना घाइते

हिमालय टिभी
२०८० भदौ १३ गते १३:२०
पाल्पामा गुडिरहेको जीपमा पहिरो खस्दा तीन जनाको मृत्यु, आठ जना घाइते

१३ भदौ २०८० पाल्पा । पाल्पामा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु हुँदा ८ जना घाइते भएका छन् ।

तम्घासबाट पाल्पाका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि रिडी(तानसेन सडकखण्ड रिव्दिकोट गाउँपालिका२ जोर्तेमा सुख्खा पहिरो खसेको थियो । पहिरोले जीप पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका–७ की ५० वर्षीया मनकला चुँदारा, कास्कीको पोखरा महानगरपालिका–२५ का ३१ वर्षीय विनोद तिमिल्सेना र जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जनाउनु भएको छ ।

घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । ढुङ्गासहितको सुख्खा पहिरोले जीपको पछाडिको भाग क्षत विक्षत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *