Main News

विरोधीप्रति नरम बन्दै ओली : अभिमान घट्दै गएको हो त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १२ गते २०:४७
विरोधीप्रति नरम बन्दै ओली : अभिमान घट्दै गएको हो त ? (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० काठमाडौं । राजनीतिमा अभिमानी नेताको परिचय बनाउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीदिनदेखि विरोधीप्रति नरम रुप देखाउन थाल्नुभएको छ ।

आफ्ना विरोधीसँगै बस्नसम्म नचाहने ओलीले पछिल्ला दिनमा उहाँले विरोधी ठानेका व्यक्तिसँगको तस्विर सार्वजनिक मात्र होइन केहीसँग त घण्टौ छलफलसम्म गर्न थाल्नुभएको छ । बरु, पार्टी कमजोर बन्न थालेकामा आफ्नैसँग चिढिन थाल्नुभएको छ । के ओलीमा अभिमान घट्दै गएको हो त ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ ५ बजेर ५० मिनेट जाँदा सामाजिक सञ्जाल फेसबुकमा राख्नुभएको तस्विर हो । तपाईलाई लाग्ला यसमा के त्यस्तो छ र ? पक्कै पनि लामोसमयसम्म सहकार्य गरेका हालका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँगको तस्विर त हो नि । तर, उनै माधवकुमार नेपालको अनुहारसम्म हेर्न नचाहने ओलीले यो तस्विर आफ्नै सञ्जालमा हाल्नुभएको छ र लेख्नुभएको छ–आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्विर । शुभ सन्ध्या ।।

मुख पनि हेर्न नचाहने ओलीले नेपालसहितको तस्विर सार्वजनिक गर्नुले अब उहाँ लचिलो हुनसक्ने संकेत मानिएको छ । तस्विर राखेको ५२ घण्टा ४० मिनेट पहिला अर्थात भदौ ११ गते एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीले हरेक बैठकमा आफूलाई निषेध गर्नेगरेको तितो पोख्नुभएको थियो । हेरौं उहाँको त्यसबेलाको टिप्पणी ।

नेपालको राजनीतिमा अभिमानी ओली अहिले ओरालो ग्राफमा हुनुहुन्छ । आफ्नो सरकार ढलेपछिका हरेक भाषणमा विपक्षीमाथि खरो उत्रिएर आलोचक वा समर्थक कमाएका ओली राजनीतिमा कडा टिप्पणीसँगै आफ्नो अभिमानलाई उच्च राख्न चाहनुहुन्छ प्रायः ।

नेपालसँगको तस्विरले मात्र होइन, उहाँले त चितवनमा भएको १०औँ महाधिवेशनमा आफ्नैविरुद्ध उम्मेदवारी दिएका भीम रावलसँग पनि सम्बन्ध सुधार थाल्नुभएको छ । रावलसँग २० महिनापछि साउन ३० गते ओलीको संवाद भयो र भदौ ४ गते ओली र रावल एउटै मञ्चमा सहभागी हुनुभयो । ओलीले रावललाई पहिले(पहिले यसरी कटाक्ष गर्नुहुन्थ्यो । यो हेरौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउने चाहना राखेको सार्वजनिक भयो । केही एमाले नेताहरु भण्डारीसँग निरन्तर संवादमा रहे । साउन ३१ गतेको सचिवालय बैठक र केही कार्यक्रममा उहाँले भण्डारीलाई एमालेमा स्पेस नै नरहेको बताउनुभएको थियो । तर, भदौ १० गते विराटनगरको एउटा कार्यक्रममा उहाँले भण्डारीलाई एमालेमा सधैं वेलकम रहेको अभिव्यक्ति दिनुभयो ।

यी केही उदाहरणले उहाँ अब केही लचिलो हुनखोजेको संकेत गरेको छ । अर्थात अभिमान र घमण्डको ग्राफबाट ओली विस्तारै झर्न थालेको संकेत गर्छ । २०७२ मा संविधान जारीभएसँगै ओली घमण्डी हुन थाल्नुभयो । अनि आफ्ना पनि उहाँलाई शत्रु लाग्न थाले ।

माओवादीसँगको एकता र २०७४ को निर्वाचन परिणामले झण्डै दुईतिहाइ नजिकको प्रधानमन्त्री बनेपछि त ओलीलाई कसले छुने रु अहिले कोही उहाँको साथमा छैनन्, भएका पनि बोल्न नसकेर भित्रभित्रै कुँडिएका छन् । अहिले उहाँलाई पार्टी कमजोर बनेको महशुस भएको हुनसक्छ त्यसैले उहाँले काठमाडौंमै आयोजित एउटा कार्यक्रममा एमाले हात्ति थियो तर अहिले बाख्रा पनि होइन पाठा भएको अभिव्यक्ति दिनुभयो ।

अब उहाँ आफैंले शत्रु करार गरेकालाई मित्र बनाउने योजनामा हुनुहुन्छ । उहाँसँगै काम गरेका पुराना कम्युनिष्ट नेता पनि घमण्ड सधैं नरहने बताउँछन् ।

त्यसो त एमालेका नेताहरु ओली अभिमानी नभएर राजनेता भएको दाबी गर्दै उहाँको प्रसंशा गर्छन् । र नेपालको विकास र समृद्धिको योजनाकार ओली नै भएकाले समकालिनले इश्र्या गरेको ठान्दछन् ।

नेपालको राजनीतिमा अहिलेपनि आफुलाई अडानयुक्त र योजनाबद्ध नेताको छबि देखाउने प्रयास गरिरहनुभएका ओली कहिले युवासँग त कहिले मकै पोल्नेसँग देखिनुहुन्छ । यो उहँँको विशेषता होला सायद । र उहाँको केही दम्भ र केही घमण्ड पनि बेलाबेला छताछुल्ल हुन्छन् । तर पछिल्ला समय उहाँमा आएको परिवर्तन अभिमानको ओरालो यात्रा पनि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *