आर्थिक

नेपालको निर्यात पाम तेलको भरमा (भिडियो रिपोर्टसहित)

२०८० भदौ ९ गते २०:५१
नेपालको निर्यात पाम तेलको भरमा (भिडियो रिपोर्टसहित)

९ भदौ २०८० काठमाडौं । गत आर्थिक वर्षमा नेपालले १६ खर्ब ११ अर्ब रुपैयाँको वस्तु आयात गर्दा साढे १ खर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो ।

अघिल्लो वर्षको तुलनामा निर्यात १६ प्रतिशतले घटेको छ । उच्च आयातका कारण मुलुकको अर्थतन्त्रको सन्तुलन खलबली रहेको अवस्थामा नेपालले युवा जनशक्ति मात्र निर्यात गर्ने गरेको आरोप लाग्ने गरेको छ। नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरु केके हुन त यो हेरौं ।

नेपालले दैनिक उपभोग्यदेखि बिलासीताका सूचीमा रहेका बस्तुसम्मको परनिर्भरता बढ्दो छ । चिया–कफीदेखि टुथपेस्ट र ब्रससम्म, डाइपरदेखि, तास, सियो र श्रृङगारका सामाग्रीसम्म आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । यो अवस्थामा गत वर्ष नेपालले १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

नेपालले निर्यात गरेका बस्तुहरु ?
पाम तेल

२० अर्ब ५० करोड रुपैयाँ
कुल निर्यातमा हिस्सा १३।१ प्रतिशत

ऊनी गलैंचा
११ अर्ब ५० करोड रुपैयाँ
कुल निर्यातमा हिस्सा ७ प्रतिशत

पोलिस्टर धागो
१० अर्ब ५५ करोड रुपैयाँ
निर्यातमा हिस्सा ६ दशमलव ७ प्रतिशत

भटमासको तेल
८ अर्ब ४७ करोड
निर्यातमा हिस्सा ५ दशमलव ४ प्रतिशत

अलैंची
८ अर्ब २५ करोड रुपैयाँ
निर्यातमा हिस्सा ५ दशमलव ३ प्रतिशत

तयारी पोशाक
५ अर्ब ८३ करोड रुपैयाँ
निर्यातमा हिस्सा ३ दशमलव ७ प्रतिशत

जुटका सामान
७ अर्ब २४ करोड रुपैयाँ
निर्यातमा हिस्सा ४ दशमलव ६ प्रतिशत

जिंक सिट (जस्ता पाता)
७ अर्ब ७० करोड रुपैयाँ
निर्यातमा हिस्सा ४ दशमलव ९ प्रतिशत

चिया
३ अर्ब ९३ करोड रुपैयाँ
निर्यातमा हिस्सा २ दशमलव ५ प्रतिशत

जुस
६ अर्ब ६२ करोड रुपैयाँ
निर्यातमा हिस्सा ४ दशमलव २ प्रतिशत

पश्मिना
३ अर्ब १९ करोड रुपैयाँ
निर्यातमा हिस्सा २ प्रतिशत

पिना
२ अर्ब ३० करोड रुपैयाँ
निर्यातमा हिस्सा १ दशमलव ५ प्रतिशत

चाउचाउ
२ अर्ब २९ करोड रुपैयाँ
निर्यातमा हिस्सा १ दशलवम ५ प्रतिशत

जडीबुटी
१ अर्ब ८४ करोड

अदुवा
१ अर्ब ७ करोड रुपैयाँ

आयुर्वेदिक औषधि
१ अर्ब २८ करोड रुपैयाँ

विविध वस्तु
४४ अर्ब ४३ करोड
कुल निर्यातमा हिस्सा २८ प्रतिशत

नेपालबाट धेरै निर्यात हुने प्रमुख वस्तुको पाम तेल छ साढे २० अर्बको निर्यात भएको छ। यसको कच्चा पदार्थ भने आयात गरिन्छ । ऊनी गलैंचा, पोलिस्टरको धागो, अलैंची, तयारी पोशाक लगायतका वस्तुहरुको निर्यात सम्भावन उच्च छ । तर राज्यले यी वस्तु उत्पादन र निर्यातमा प्रोत्साहन गर्न नसक्दा व्यापारघाटाको ग्राप बढ्दो छ । बढ्दो व्यापारघाटा कम गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यी क्षेत्र महत्वपूर्ण आधार बन्न सक्छन् । तर त्यसका लागि सरकारले नीतिगत रुपमा सहयोग गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *