Main News

प्रतिनिधिसभा बैठक आज बस्दै, एमालेको अवरोध कायमै रहने सम्भावना

हिमालय टिभी
२०८० भदौ ३ गते ८:२६
प्रतिनिधिसभा बैठक आज बस्दै, एमालेको अवरोध कायमै रहने सम्भावना

३ भदौ २०८० काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यस्तै प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको तथा सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायतका संभावित कार्यसूची छन् ।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएका थियो। तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान कायमै राखेकाले आज पनि संसद चल्ने सम्भावना न्यून छ ।

सरकार मन्त्रीहरु अनुसन्धानमा तानिने डरले उच्चस्तरीय छानबिन बनाएर अनुसन्धान गर्न डराएको एमालेको आरोप । सरकारले भने उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको तर्क गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *