Main News

सामाजिक सुरक्षा कोषमा स्वरोजगारहरु कसरी जोडिने ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३२ गते ८:०२
सामाजिक सुरक्षा कोषमा स्वरोजगारहरु कसरी जोडिने ?(भिडियो रिपोर्टसहित)

३१ साउन २०८० काठमाडौं । सरकारले २०७५ सालमा सबै श्रमिकका लागि भन्दै बडो तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेपछि अनौपचारिक क्षेत्रमा कार्यरत असन्तुष्ट थिए ।

तर बुधबारबाट सरकारले अनौपचारिक क्षेत्रलाई पनि यो योजनामा समेट्ने घोषणा गरेसँगै उत्साह थपिएको छ । तर, अझै पनि अनौपचारिक श्रमिक यसको फाइदा बारे जानकार छैनन् । न त यसमा समावेश हुनेबारे नै जानकार छन् । त्यसका लागि हेरौँ यो जानकारी मुलक सामग्री ।

केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४र७५ ले नेपालमा अनौपचारिक तथा स्वरोजगारको क्षेत्रमा करिब ४४ लाख श्रमिक छन् । यसको मतलब ८४ दशमलव ६ प्रतिशत अनौपचारिक रोजगारी रहेको देखाएको छ ।

नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक कति छन् भन्ने स्पष्ट आँकडा पनि सरकारसँग छैन । तर बुधबार सरकारले सामाजिक सुरक्षा योजना घोषणा गर्दै अनौपचारिक क्षेत्रमा रहेका ४० लाख श्रमिक कोषमा आबद्ध हुने अपेक्षा गरेको छ ।

मुलतस् अनौपचारिक क्षेत्र भन्नाले दैनिक ज्यालादारी, मजदूरी गर्नेलाई बुझिन्छ । त्यस्तै आफ्नै काम गरेर आय आर्जन गर्नेलाई स्वरोजगार भनिन्छ ।
सामाजिक सुरक्षामा आबद्ध हुँदा के हुन्छ ?

सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेहरू कार्यस्थलमा दुर्घटना पर्दा शतप्रतिशत उपचार खर्च बेहोर्ने सुविधा छ । कोषले श्रमिकको जीवनचक्रमा हुन सक्ने अस्वस्थता, सुत्केरी, मृत्यु, दुर्घटना, वृद्धावस्था जस्ता सामाजिक जोखिमका कारण सिर्जित परिस्थितिलाई सम्बोधन गरेको छ । तर, यो कोषमा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक नसमेट्दा उनीहरू जोखिमपूर्ण जीवन बिताउन बाध्य थिए ।

अब यो योजना घोषणा भएसँगै अनौपचारिक क्षेत्रमा यसमा समावेश भएपछि यी सुविधा प्राप्त गर्नेछन् । पछि पेन्सन प्राप्तिका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा भएको र कम्तिमा १८० महिना योगदान गरेहुनुपर्नेछ ।

कसरी हुने आबद्ध ?
अनौपचारिक क्षेत्रका श्रमिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्न सकिने व्यवस्था कार्यविधिमा छ । कार्यविधि अनुसार सामाजिक सुरक्षा योजनाको सुविधा प्राप्त गर्नका लागि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिले घटना भएको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

कसरी हुन्छ फाइदा ?
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गरेर कोषमा आवद्ध हुन सक्नेछ । सरकारले औद्योगिक श्रमिकका लागि तोकेको आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५ लाई आधार मान्दा त्यसको २१ दशमलव ३७ प्रतिशत हुन आउने २ हजार २ रुपैयाँ हुन्छ । तर अनौपचारिक क्षेत्रका श्रमिकले न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम तिरे पुग्छ । बाँकी ९ दशमलव ३७ प्रतिशत रकम सरकारले थप गरिदिने छ । योगदान रकममध्ये १० दशमलव ३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना तथा १० प्रतिशत वृद्ध अवस्था सुरक्षा योजनाका लागि बाँडफाँट हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *