Main News

ठूला सहरमा फोहर व्यवस्थापन मुख्य चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २३ गते २०:४१
ठूला सहरमा फोहर व्यवस्थापन मुख्य चुनौती (भिडियो रिपोर्टसहित)

२३ साउन २०८० काठमाडौं । स्थायी डम्पिङ साइट नबनाएको भन्दै पोखराको फोहर फाल्न स्थानीयले एक साता यता अवरोध गर्दै आएका छन् । काठमाडौँको फोहर बञ्चरेडाँडामा फाल्न पटकपटक अवरोध नै हुने गरेको छ ।

यी दुई सहरमा मात्रै होइन, देशका ठूला सहरमा फोहर व्यवस्थापन मुख्य चुनौती हो । स्थायी डम्पिङ साइट नहुँदा र फोहर संकलन तथा व्यवस्थापनमा तीनै तहका सरकार जिम्मेवार नबन्दा अहिले सहरको समस्या फोहर व्यवस्थापन बन्न पुगेको छ ।

नेपालको सहरी क्षेत्रबाट एक वर्षमा १० लाख टन फोहर उत्पादन हुने गरेको केन्द्रीय तथ्यांक विभागको अध्ययनले देखाएको छ । यी फोहरमध्ये केही ल्याण्डफिल साइटमा त केही नदी किनार तथा बगरमा फ्याँक्ने गरिन्छ ।

अध्ययन अनुसार काठमाडौं उपत्यकाबाट १ हजार ४५ मेट्रिक टन फोहर निस्किन्छ । काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ । काठमाडौं बाहेक देशभरका सहरी क्षेत्रमा पनि यही अनुपातमा फोहर निस्कने गर्दछ ।

देशका प्रमुख सहरबाट निस्कने फोहर
विराटनगर – १ सय २० मेट्रिक टन
जनकपुर– ४१ मेट्रिक टन
वीरगञ्ज – ८० मेट्रिक टन
हेटौँडा – २५ मेट्रिक टन
पोखरा – १ सय ८० मेट्रिक टन
बुटवल – ५५ मेट्रिक टन
बाँके – ३२ मेट्रिक टन
वीरेन्द्रनगर – ३१ मेट्रिक टन
धनगढी – १६ मेट्रिक टन
नेपालमा धेरै मात्रामा फोहर अग्र्यानिक वस्तुमार्फत उत्पादन हुन्छ । यसमा कृषिजन्य वस्तुबाट हुने फोहरको मात्रा धेरै हुने गरेको छ । यसबाहेक प्लाष्टिक, पेपर उत्पादन, मेटल, ग्लास, रबर तथा लेदर, टेक्सटायल बढी मात्रामा उत्पादन हुने फोहर हो । तर फोहर व्यवस्थापन गर्न भने मुख्य सहर चुक्ने गरेका छन् । कतै ल्याण्डफिल साइट छैन भने केही सहरले भने अहिले व्यवस्थापनको अभ्यास सुरु गरेका छन् ।

काठमाडौं उपत्यका –
सिसडोलमा फोहर व्यवस्थापन तर सधैँ अवरोध
स्थायी ल्याण्डफिल साइटको अभाव
फोहरबाट बिजुली निकाल्ने योजना कार्यान्वयन भएन
कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गरिँदै

विराटनगर –
तीन निजी साझेदार कम्पनीद्वारा फोहर व्यवस्थापन हुँदै
वीराटनगर महानगरद्वारा मासिक ३ लाख ९० हजार १ रुपैयाँ भुक्तानी
उयपयुक्त डम्पिङ साइट अभाव कायमै
वीराटनगर–६ स्थित ब्रह्मपुराको केशलिया खोला किनारमा थुपारिँदै

जनकपुर –
फोहर व्यवस्थापन हुन कठिन
बल्ल बसहियामाअवस्थित गुठी संस्थानको ३० बिघा जग्गा भाडामा लिइयो
वडाको फोहर वडाले नै उठाउने जिम्मेवारी
फोहर नै नउठ्ने समस्या कायमै

वीरगञ्ज –
महानगरले आफ्नै डम्पिङ साइट
जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा चलाइने
पृथी तारा एमके इन्टरनेशनल जेभीसँग सम्झौता गरी नियमित सरसफाइ

हेटौंडा –
हेटौंडा–१० राप्ती बगरस्थित ल्यान्डफिल साइटमा फ्यालिँदै
बजार नजिकै भएकाले आगो लगाउँदा धुँवाले वातावरण प्रदुषण
फोहरबाट बिजुली निकाल्ने मेसिन सञ्चालनमा
व्यवस्थापनमा भने सकस कायमै

पोखरा –
अन्तर्राष्ट्रिय विमानस्थल बन्नु अघि बाच्छेबुडुमा फोहर व्यवस्थापन
अहिले पोखरा महानगरपालिका ३२ लामेआहालमा व्यवस्थापन
स्थायी ल्याण्डफिल साइटको खोजी जारी

बुटवल–
फोहर व्यवस्थापनमा निजी क्षेत्र, सहकारी र उपभोक्ताको सहकार्य
दुई करोड रुपैयाँ वार्षिक खर्च गर्दै
कुहिने र नकुहिने फोहरको वर्गीकरण गरेर संकलन
तिनाउ नदी क्षेत्रको उकास जग्गामा व्यवस्थापन

बाँके –
फोहर व्यवस्थापनमा अब्बल
नेपालगञ्ज उपमहानगरको वडा नम्बर २३ मा निर्मित ल्याण्डफिल साइटमा व्यवस्थापन
साइटमा बनेको कम्पोष्ट मल बोरामा जम्मा गरेर विक्री
मासिक ३० देखि ४० हजार आम्दानी

वीरेन्द्रनगर –
जग्गा प्राप्ति भएर ३४ करोडको डिपिआर सम्पन्न
हाल अस्थायी रूपमा व्यवस्थापन हुँदै
निजी क्षेत्र र समुदाय स्तरबाट व्यवस्थापन गरिँदै

धनगढी –
सडकमा फाल्न निषेध
फोहर संकलन गर्ने गाडीमा जीपीएस प्रणाली जडान
गाडी आएको थाहापाएपछि फाल्न सक्ने प्रविधिको विकास
एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको योजना अलपत्र
स्थायी ल्याण्डफिल अभाव

अस्थायी र स्थायी ल्याण्डफिल साइट अधिकांश नदी किनार र बगरमा छन् । उत्पादन भएको फोहरमध्ये ३ लाख ८९ हजार ९८३ टन फोहर ल्याण्डफिल साइटमा जान्छ । ३ लाख १५ हजार ६९ टन भने नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने गरेको छ । २२ हजार ७५ टन फोहर भने जलाउने गरिएको छ । अपवादबाहेक अधिकांश ठूला सहरमा फोहर व्यवस्थापन चुनौतीपूर्ण छ । दिगो योजना नबनाउनु र जनघनत्व बढ्दै जाँदा त्यसको व्यवस्थापनमा नलाग्दा नै अहिले सहरी क्षेत्रका लागि फोहर चुनौती बन्न पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *