Main News

धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

२०८० असार १९ गते १३:२३
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

१९ असार २०८० गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उहाँकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । धन्सार भत्किएर पुरिँदा उहाँकोे घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् ।

रामकृष्णको अवस्था गम्भीर भएकाले उहाँलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । अन्य दुईजनाको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *