राजनीति

गौतमको पार्टी सदस्यता कायमै रहेको अध्यक्ष ओलीको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २४ गते १७:४५
गौतमको पार्टी सदस्यता कायमै रहेको अध्यक्ष ओलीको प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२४ जेठ २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओलीले पनि वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताउनु भएको छ ।

बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गर्नुभयो नि भनि प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘उहाँले सदस्यता छ भन्नु भयो होइन । अनि, कुरा बाँकी छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्