राजनीति

स्थापनादेखि नै गुटले धाँजा परेको एमाले, प्रदेश अधिवेशनमा पनि गुट ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ १६ गते १७:५४
स्थापनादेखि नै गुटले धाँजा परेको एमाले, प्रदेश अधिवेशनमा पनि गुट ? (भिडियो रिपोर्टसहित)

१६ भदौ २०८० काठमाडौं । गुटका कारण पटक पटक फुटको सामना गरेको एमालेमा २०७८ मा माधव नेपाल पार्टी बाहिरएपछि गुटहरु सुस्ताएका थिए ।

त्यसपछि एमालेले चितवनमा गरेको दशौँ महाधिवेशनमा पनि भीम रावलको सामान्य विद्रोह बाहेक बलियो गुट देखा परेन । तर यतिबेला पार्टीको पहिलो प्रदेश अधिवेशन सुरुभएसँगै गुटहरु चलमलाउन थालेका छन् । कस्तो छ एमालेको गुटगत इतिहास ?

२०३२ सालमा स्थापना भएको अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी माले हुँदै २०४७ पुस २२ गते नेकपा माले र मनमोहन अधिकारी नेतृत्वको नेकपा मार्क्सवादीबीच पार्टी एकता भएर नेकपा एमाले गठन भयो । २७ सदस्यीय केन्द्रीय समिति बन्यो ।

मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बन्नुभयो।
एमालेसँगै प्रष्ट दुई गुट बने ।
अध्यक्ष मनमोहन अधिकारी र महासचिव भण्डारी गुट

छैठौं महाधिवेशन (२०५२) मा मनमोहन अधिकारी र सहान प्रधान गुट

अधिकारीलाई माधव नेपाल र प्रधानलाई वामदेव गौतमले साथ दिनुभयो । यी दुई गुटले २०५४ फागुन २१ गते पार्टी नै विभाजन गर्यो । प्रधान अध्यक्ष र गौतम महासचिव रहेर नेकपा माले गठन गर्नुभयो । २०५८ फागुन ४ गते पुनः पार्टी एकता भयो । सातौं महाधिवेशनमा आइपुग्दा एमालेमा माधव नेपाल र झलनाथ खनालका छुटाछुटै गुट बने ।

आठौं महाधिवेशनमा झलना खनाल र माधव नेपालको एउटा गुट थियो । अर्कोतर्फ केपी शर्मा ओलीको गुट बन्यो । नवौं महाधिवेशनसम्म पनि पार्टीमा ओली र नेपालको छुट्टाछुटै गुट रहे । यो महाधिवेशनबाट ओली पार्टी अध्यक्ष बन्नुभयो ।

२०७८ जब नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी बनाउनुभयो तब एमालेमा गुट सकिएको उद्घोष गरियो । त्यपछिका दुई वर्ष खासै एमालेमा गुटगत प्रभाव देखिएन । तर, एमालेमा प्रदेश अधिवेशन हुनै लाग्दा पार्टीमा ईश्वर पोखरेल, शंकर पोखरेल र विष्णु पौडेलको फरक(फरक गुट देखिन थालेको छ ।

एमाले नेताले पार्टीमा गुट रहेको नकारे पनि प्रदेशमा अध्यक्षसहितका पदाधिकारीको आकांक्षीको संख्या बढ्दै जाँदा गुट प्रभाव हुनसक्ने आंकलन हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *