Main News

धुमपान रोक्न दिवसको प्रभावकारिता कति ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ १७ गते २१:१७
धुमपान रोक्न दिवसको प्रभावकारिता कति ? (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० काठमाडौं । आज विश्व धुम्रपानरहित दिवस । धुम्रपानले स्वास्थ्यमा पार्ने असर मात्रै होइन, धुम्रपानका कारण वातावरण, आर्थिक, सामाजिक हिसाबले परिरहेको असरको विषयमा जानकारी दिँदै मनाइएको छ । सूर्तिजन्य पदार्थका कारण परिरहेको असरलाई ध्यान दिदै नेपाली नागरिकले यसको सेवन वन्द गरेका छन् त ?

हामीलाई खाद्यान्न चाहिन्छ, सूर्तीजन्य पदार्थ होइन ९वि निड फुड नो टोबाको०, यो वर्षको विश्व धुम्रपानरहित दिवसको नारा हो । मानव जीवनमा खाद्यान्न नै सबैभन्दा महत्वपूर्ण भए पनि नेपालको पहिलो क्यान्सर सर्जन डाक्टर प्रकाशराज न्यौपाने अधिकांश नेपालीको आवश्यकता खाद्यान्न मात्रै नभइ सुर्तिजन्य पदार्थ पनि बनिसकेको तीतो यथार्थ सुनाउनुहुन्छ ।

सूर्तिजन्य पदार्थकै सेवनका कारण नेपालमा प्रत्येक वर्ष ३७ देखि ३८ हजार जनाको मृत्यु हुने गरेको छ । सूर्तिजन्य पदार्थ नछोड्ने र क्यान्सर भएपछि अन्तिम अवस्थामा बचाइदिन आग्रह गर्दै पाउ पर्नेको संख्या पनि धेरै भएको डाक्टर न्यौपानेको अनुभव छ ।

हुन त सूर्तिजन्य पदार्थ नियमन ऐन २०६८ आयो । सार्वजनिक स्थलमा धुम्रपान गर्न नहुने, कसैले पनि अन्य व्यक्तिलाई असर गरी धुम्रपान सेवन गर्न नहुने, १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्रि गर्न र गर्न लगाउन नहुने लगायतका व्यवस्था ऐनमा समेटिएको छ । तर यो ऐनको कार्यान्वयन कुनै पक्षबाट पनि नहुँदा सूर्तिजन्य पदार्थको सेवन, विक्रिवितरण खुलेआम भैरहेको छ ।

सूर्तिजन्य पदार्थका कारण पर्ने असरलाई बेवास्ता गर्नेको संख्या बढिरहेको छ । यही गतिमा प्रयोग बढ्दै गएका सूर्तिजन्य पदार्थको सेवनसँगै हुने क्यान्सरका कारण सन् २०५० सम्म बर्सेनि ६० हजारसम्मको मृत्यु हुने आँकलन चिकित्सकहरुको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *