राजनीति

गण्डकी सरकारमा नयाँ अनुहार, केही अपेक्षा गर्न सकिएला ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २ गते १७:०६
गण्डकी सरकारमा नयाँ अनुहार, केही अपेक्षा गर्न सकिएला ? (भिडियो रिपोर्टसहित)

२ जेठ २०८० कास्की । गण्डकी प्रदेशको दोस्रो कार्यकालमा ३४ प्रदेशसभा सदस्यमध्ये ३० जना नयाँ अनुहार छन् । त्यसमा पहिलो पटक संसदीय अभ्यास गर्नेको सङ्ख्या २७ छ ।

त्यहाँ यसअघि कार्यकारी जिम्मेवारीको अनुभव नलिएका व्यक्ति सम्मिलित मन्त्रिपरिषद बनेको छ । मुख्य जिम्मेवारीमा नयाँ अनुहार आएपछि पुरानो प्रवृत्ति नदोहोरिने नागरिकको अपेक्षा छ ।

सत्ता गठबन्धनका तर्फबाट गोरखामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएपछि सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेशमा पठाइएको थियो । उनै पाण्डेको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन भएको छ । पाण्डे नेतृत्वको सरकार र उहाँका सारथीहरू सबै उहाँ जस्तै नयाँ अनुहार हुन् ।

यसअघि राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता भएको भए पनि मन्त्री बन्ने अवसर पाण्डेलाई मिलेको थिएन । माओवादी पार्टीका रेशम जुग्जालीले प्रभावशाली भौतिक पूर्वाधार मन्त्रालय पाउनुभएको छ । उहाँसँग यही प्रदेशसभाबाटै एमाले नेतृत्व सरकारमा ६० दिन मन्त्री बनेको अनुभव छ । पाण्डे मन्त्रिपरिषदमा दोस्रो वरीयता पाउँदै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेकी माओवादीकी सुशीला सिम्खडाका लागि कार्यकारी जिम्मेवारी पहिलो अनुभव हो ।

मुख्यमन्त्री पाण्डेले वैशाख १५ गते सपथ लिँदा कांग्रेसबाट सरस्वती अर्याल तिवारीलाई उर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो । अर्याल पनि पहिलोपटक सांसद र पहिलोपटक नै मन्त्री बन्न सफल हुनुभयो । तनहुँका जीतप्रकाश आले र दीपेन्द्रबहादुर थापाले पनि यस्तै सफलता पाएका छन् । आले अर्थ र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एक सय दिनमा नयाँ सरकार पाएको गण्डकीले मन्त्रिमण्डलका सदस्य पनि नयाँ अनुहार नै पायो । नयाँ अनुहार मन्त्री भएपछि यसले नयाँ आशा र अपेक्षा पनि बढाएको छ ।

नयाँ अनुहारले नयाँ उत्साह थप्न सके धमिलिएको राजनीतिमा नयाँ आशा पलाउने आम मतदाताको अपेक्षा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्