राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणबारे कांग्रेसले सार्वजनिक गर्‍यो यस्तो धारणा

हिमालय टिभी
२०८० जेठ २ गते १३:१०
नक्कली भुटानी शरणार्थी प्रकरणबारे कांग्रेसले सार्वजनिक गर्‍यो यस्तो धारणा

२ जेठ २०८० काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पार्टीको सहयोग रहने बताएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आज पत्रकार सम्मेलन गर्दै शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेभन्दै पार्टीले छानबिनमा सहयोग पुर्याउने बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा महतले प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले पार्टीबाट कारवाहीको निर्णय लिन हतार हुने उल्लेख गर्नुभयो ।

उहाँले खाणले आफूलाई निर्दोष सावित गर्ने बताएकाले अनुसन्धानको निश्कर्ष आएपछि मात्र पार्टीले आवश्यक निर्णय लिने पनि जानकारी दिनुभयो । खाण पक्राउ परेपछि उहाँकी पत्नी मञ्जु खाणको पनि संलग्नता भएको चर्चा चलेपछि उहाँ सम्पर्कविहिन हुनुहुन्छ ।

समानुपातिक सांसद रहेकी मञ्जु प्रतिनिधिसभाको बैठकमा समेत देखिनुभएको छैन । मञ्जुविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन । उहाँको विषयमा पार्टीले फलो नगरेको महतले बताउनुभयो ।

सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडियामा ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै महतले प्रतिरक्षा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्