राजनीति

मधेश सरकार पुनर्गठनको चर्चा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ३० गते २१:०९
मधेश सरकार पुनर्गठनको चर्चा (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० धनुषा । नेकपा एमाले मधेश सरकारबाट बाहिरिएसँगै अहिले प्रदेश सरकार पुर्नगठनको चर्चा चुलिएको छ । संघीय गठबन्धनकै आधारमा सरकार पुर्नगठन गर्न जसपा तयार छ ।

मुख्यमन्त्रीमा आलोपालो गर्न पनि सहमत छ । तर, लोकतान्त्रिक समाजवादी पार्टी भने जनमतलाई सरकारको चावी साढे दुई वर्षपछि दिन तयार छैन । नेपाली कांग्रेस पनि पुरानो गठबन्धन भत्किसकेको अवस्थामा नयाँ गठबन्धन अनुसार सरकारको बन्नपर्ने अडानबाट पछि हटेको छैन ।

वैशाख १० को उपनिर्वाचन पछि मधेश सरकारले पूर्णता पाउने अपेक्षा थियो । तर, तीन साता यता मधेश सरकारले पूर्णता पाएको छैन । गठबन्धनबाट बाहिरएर प्रतिपक्षी बनेको एमालेलाई सरकारबाट हटाइयो । तर, गठबनधनविरुद्ध उम्मेदवारी दिएका जनमत र नागरिक उनमुक्ति पार्टी भने सरकारमै छन् । गठबन्धनको मर्म अनुसार मधेश सरकार पुर्नगठनको जिम्मा जसपा, लोसपा र कांग्रेस नेतृत्वलाई दिइएको छ । लोसपा मधेशमा नेतृत्व नै परिवर्तन गर्नुपर्ने अडानमा छ ।

हाल जसपाको नेतृत्वमा सरकार बनेको छ । सरकारमा जनमत र माओवादी पनि सहभागी छन् । तर, कसले नेतृत्व गर्ने भन्ने विवाद चुलिएको छ । पुरानो गठबन्धन भत्किसकेको अवस्थामा नयाँ गठबन्धन अनुसार सरकारको बन्नपर्ने अडानबाट कांग्रेस पछि हटेको छैन ।

जसले मधेश प्रदेश सरकारमै सहभागी दलहरुबीच सौहाद्रपुर्ण सम्बन्ध हुन सकेको छैन । तर, जसपा अध्यक्ष उपेन्द्र यादव भने नेतृत्व परिवर्तनको विषयले गठबन्धनमा प्रवेश नै नपाएको बताउँदै आउनुभएको छ । तर, गठबन्धनमा बसेर विरोधी गतिविधि गर्ने दलको विषयमा पुनर्विचार गर्न आवश्यक रहेको यादवको तर्क छ ।

खासमा अहिले अड्किएको हलो जुँगाको लँडाई हो । जसपा कांग्रेसलाई मधेशको चावी दिन चाहँदैन । त्यसैले जनमतसँगै मिलेर आलोपालो सरकारको सहमति कार्यान्वयन हुनुपर्ने अडानमा छ । कांग्रेस जसपाको योजनालाई विफल बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने माग राखिरहेको छ ।

मुख्यमन्त्री नपाए सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने जसपा र जनमतले चेतावनी दिएका छन् । अहिले प्रचण्ड नेतृत्वको संघीय सरकारलाई १५८ सांसदको समर्थन छ । मधेशवादी दल बाहिरिए १४० सांसदको मात्रै समर्थनमा रहन्छ । र, नागरिक उनमुक्ति पार्टी निर्णायक हुनेछ । तर, जसपालाई चिढ्याउन प्रचण्ड तयार भने देखिँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्