Main News

शिक्षा सुधारमा बालेनको कदम : अरुले सिक्लान् ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १५ गते २०:३७
शिक्षा सुधारमा बालेनको कदम : अरुले सिक्लान् ? (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० काठमाडौं । वैशाख १३ गते काठमाडौं महानगरको शिक्षा शाखाले विद्यालयमा दल र तीनका भातृ संगठनको कार्यक्रम सञ्चालन नगर्न निर्देशन दियो ।

निर्देशनको विरोधमा वैशाख १४ गते नेकपा बहुमत निकट भातृ संगठनले विद्यार्थी आन्दोलन विपरित बालेन सरकार लागेको भन्दै महानगरको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरे । शिक्षा शाखामा लगाइएको ताला त्यही साँझ महानगरले तोड्यो ।

काठमाडौं महानगरपालिको मेयर निर्वाचित बालेन्द्र साह बालेन मेयर मध्ये बढी चर्चामा हुनुहुन्छ । कहिले विवाद त कहिले नागरिक वाहावाही साहले पाइरहनुभएको छ ।

आफूले महानगर प्रमुखको जिम्मेवारी सम्हालेको १ वर्ष पुग्नै लाग्दा साहले उदाहरणीय काम गर्नुभएको छ । मेयर साहले काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा राजनीति गतिविधि नगर्न निर्देशन दिनुभयो । त्यसको विरोधमा नेकपा बहुमत निकट भातृ संगठनको विद्यार्थी संगठनले संस्थागत विद्यालय शाखामै तालाबन्दी गर्‍यो । तर त्यसको केही घण्टामै महानगरपालिकाले ताला फोरिदियो ।

कुनै पार्टीको प्रमुख आउँदा विद्यालय नै बन्द गर्ने, दलका भातृ संगठनमा विद्यार्थीलाई संगठित गर्ने, दलका कार्यक्रममा विद्यार्थी प्रयोग गर्ने र विद्यालयमा कर्मचारीदेखि शिक्षक नियुक्तिमा पनि राजनीतिक दल निकटलाई प्राथमिकता दिने गरेका छन । यस्तोमा मेयर साहले विद्यालयलाई राजनीतिबाट मुक्त बनाउन थालेको प्रयासलाई सकारात्मक रुपमा हेरिएको छ । महानगर पनि विद्यालयमा राजनीति हुन नहुनेमा दृढ छ ।

अभिभाव र विद्यार्थी स्वयम पनि राजनीति दलबाट अछुतो रहन खोज्दा दलका भातृ संगठन भने विद्यालयमै राजनीति गर्न मरिहत्ते गरिरहेका छन । त्यसैको पछिल्लो उदाहरणको रुपमा काठमाडौं महानगरमा तालाबन्दी गर्नुलाई लिन सकिन्छ ।

विद्यार्थीका हक अधिकारमा धावा बोल्दा दुलोमा पसे झैं गर्ने विद्यार्थी संगठन विद्यालयलाई दलगत बनाउन किन चाहिरहेका छन् रु महानगरमा तालाबन्दी गरेको नेकपा बहुमतको भातृ संगठन भने विद्यालयमा भातृ संगठन खोल्न नहुने तर राजनीति कार्यक्रम गर्न पाउनुपर्ने बताउँछ ।

काठमाडौंका मेयर साहले सुरु गरेको विद्यालयलाई राजनीतिक दलमुक्त बनाउने योजना अन्य सात सय ५२ पालिकाका लागि पनि सिकाइ हुनसक्छ । तर, दलबाटै निर्वाचित भएका जनप्रतिनिधिलाई विद्यालयलाई राजनीतिक गतिविधि मुक्त बनाउन कठिन हुनसक्छ । किनकी अहिलेका जनप्रतिनिधि जनताका मुद्दा कम दलका मुद्दा बढी बोलिरहेका छन । जनताको सेवक भन्दा पनि दलकै कारिन्दा बढी भइरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *