Main News

विनाशकारी भूकम्प गएको ८ वर्ष पूरा : पुनर्निर्माण सन्तोषजनक ! (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १२ गते २०:५७
विनाशकारी भूकम्प गएको ८ वर्ष पूरा : पुनर्निर्माण सन्तोषजनक ! (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०८० काठमाडौं । २०७२ साल बैशाख १२ गतेको गोरखा विनाशकारी भूकम्पको ७ वर्ष पुरा भएको छ । जनधनको क्षति भएको विपत्तिपछिको पूर्ननिर्माण सबैको चासो र चिन्ताको बिषय बनेको थियो ।

यो अवधिमा राजनीतिक उथलपूथल र सरकार परिवर्तन भैरहेका कारण पुनर्निर्माण भने सन्तोषजनक रुपमा सम्पन्न हुने दिशामा अघि बढिरहेको छ । केही सम्पदा र निजी आवास निर्माणको काम भने सुस्त छ ।

२ हजार ७२ साल वैशाख १२ गते ठिक ११ बजेर ५६ मिनेट गोरखाको वारपाकमा तीव्र कम्पन आयो । त्यो कम्पन यति तीव्र थियो कि सेकेण्डमै संघीय राजधानी काठमाडौंसहित आसपासका १४ जिल्ला तहसनहस पार्यो भने ८ हजार ७ सय ७० जनाले ज्यान गुमाउन पर्यो । ७ दशमलव ८ रेक्टर स्केल मापन गरिएको भूकम्पमा २२ हजार २ सय घाइते हुन पुगे भने कति घरबारविहीन भए ।

लगातारका कम्पनबाट मानिसहरुलाई सबैभन्दा सुरक्षित ठानिने घर नै असुरक्षित लाग्न थाल्यो, हप्तौंसम्म घरबाहिर खुला आकाशमैं रात गुजारे । भूकम्प लगत्तै उद्धार र राहात उपलब्ध गराउन थालेको सरकारको सबै भन्दा मुख्य चुनौति पुनर्निर्माण थियो । पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोगको हात अघि बढाए ।

भूकम्प गएको ७ वर्ष पुरा हुँदा बल्ल पुनःनिर्माणले आकार ग्रहण गरेको छ । यसबीचमा महत्वपूर्ण सम्पदा र ऐतिहासिक संरचना ठडिएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति पुगेको बसन्तपुर दरबार क्षेत्र, नुवाकोट दरबारलगायतका पुरातात्विक सम्पदाहरु बनाइएको छ । विद्यालयका भवन, स्वास्थ्य चौकीका पुनःनिर्माण सम्पन्न भएका छन् भने एकीकृत बस्ती पनि निर्माण भएका छन् ।

अहिलेसम्म कति संरचनाको पुनर्निर्माण भयो त ?
क्षति पुगेका निजी आवासः ८ लाख ३२ हजार ५ सय ८२
पुनर्निर्माण सम्पन्नः ७ लाख ३३ हजार २ सय १४
पुनर्निर्माण हुन बाँकीः ९९ हजार २ सय ५६
क्षति पुगेका सरकारी भवनः ४ सय १५
पुनर्निर्माण सम्पन्नः ४ सय ८
क्षति पुगेका स्वास्थ्य संस्थाः ११९५
पुनर्निर्माण सम्पन्न स्वास्थ्य संस्थाः ८ सय ९१
क्षति पुगेका शैक्षिक संस्थाः ७ हजार ५ सय ८३
पुनर्निर्माण सम्पन्न शैक्षिक संस्थाः ७ हजार
क्षति भएका पुरातात्विक सम्पदाः ९ सय २०
पुनर्निर्माण सम्पन्न सम्पदाः ८ सय ३
क्षति पुगेका ऐतिहासिक सम्पदाः १०

यी बाहेक पनि भूकम्पबाट क्षति पुगेका सडक, खानेपानी आयोजना लगायतका भौतिक पूर्वाधार पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै सिन्धुपाल्चोक, गोरखा र रसुवा लगायतका जिल्लामा एकीकृत बस्ती निर्माण भएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा विज्ञहरुले पनि सन्तुष्टि जनाएका छन् । सहरी क्षेत्रमा अनुदान कम भएका कारण नीजि आवास निर्माणमा केही समस्या देखिएको विज्ञको भनाइ छ ।

भूकम्पपछिको पुनःनिर्माणमा मात्रै हालसम्म चार खर्ब रुपैयाँ खर्च भैसकेको सरकारी तथ्यांक छ । विभिन्न उतावचढावका बीच पुर्ननिर्माणको क्षेत्रमा जे जति काम भयो, यसलाई सकारात्मक रुपमा नै लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *