Main News

व्यवसायीकाे चुनावमा दलीय प्रभाव (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १ गते २०:५३
व्यवसायीकाे चुनावमा दलीय प्रभाव (भिडियो रिपोर्टसहित)

१ वैशाख २०८० काठमाडौं । राजनीति विकृत भो भनेर गाली गरेर नथाक्ने संस्थामध्ये पर्छ, नेपाल उद्योग वाणिज्य महासंघ । तर, हालै सम्पन्न साधारणसभालाई हेर्दा भने महासंघ स्वयं राजनीतिमा चुलुम्म डुबेको भद्दा तस्वीर देखियो । आफुलाई जिताइदिन नेताको घरदैलो मात्र चाहरेनन्, पैसाको चलखेलसम्म भयो ।

यो अभिव्यक्ति उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका उमेशलाल श्रेष्ठको हो । उहाँले महासंघको निर्वाचनमा पैसाको कति मोलमोलाई भएछ भन्ने छर्लंग पारिदिएको छ ।

यतिमात्र होइन महासंघको बाहिर राजनीतिलाई गाली गर्ने र भित्रभित्र आफै विकृत राजनीतिको सहारा लिन पुग्ने गरेको कर्तुत श्रेष्ठले पर्दाफास गरिदिनुभयो । व्यवसायीहरु राजनीतिज्ञभन्दा एक तह खसेको भन्दै यस्तो आचरण लिएर राजनीतिज्ञलाई गाली गर्न मिल्छ भन्दै श्रेष्ठले प्रश्न उठाउनुभएको छ ।

चुनावमा उद्योगी व्यवसायी ३ समूहमा बाँडिए । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने प्रावधान हुँदा यो पदमा आफ्ना व्यक्तिलाई पुर्याउन राजनीति दलको पनि स्वार्थ जोडिनै नै भयो । महासंघको चुनावमा व्यवसायीहरु कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको फेरो समाउन पुगे ।

तिनै दलमा देखिएका विकृतिलाई आलोचना गर्न नथाक्ने व्यापारीहरु उनीहरुले चुनावमा चलखेल गरिदिउन भन्दै पुगे । अर्थात दलीय हस्तक्षेप निम्त्याउन व्यापारीहरुनै लागि परे । प्रतिस्पर्धामा रहँदा यो सबै देखेरै कारण होला श्रेष्ठले अहिलेको महासंघले व्यवसायीको हकहितमा काम गर्न नसक्ने दाबी गर्नुभयो ।

पद तथा गोपनीयताको सपथ ग्रहणलगत्तैै आफ्नो तीन वर्षे कार्यकालको योजनाबारे व्यवसायीलाई जानकारी गराउने क्रममा नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले पनि महासंघमा चरम बेथिति रहेको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।

महासंघमा लामो समयदेखि सक्रिय व्यवसायी २०५२ सालपछि राजनीति मिसिएको चुनावी प्रतिष्पर्धामा रम्ने गरेका छन् । २०५२ सालमा विनोद चौधरी र पद्म ज्योतिबीचको निर्वाचनमा यस्तै फोहोरी दृश्य देखिएको थियो ।

अरुलाई पाठ पढाउने महासंघ आफै विकृत राजनीतिको जालमा फस्ने हो भने महासंघको गरिमामा त प्रश्न उठ्छ नै, महासंघको व्यवसायिक छवि पनि धुमिल हुने पक्का छ ।

राजनीतिक प्रभाव र पैसाको चलखेलकाबीच पनि निर्वाचनको नतिजा भने मिश्रित आयो । महासंघको निर्वाचनमा उम्मेदवारहरु तीन प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । पदाधिकारीमा तीनै प्यानलको उपस्थिति रह्यो । वरिष्ठ उपाध्यक्षमा अञ्जनको पक्षमा सहमति बन्यो, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल समूहका हेमराज ढकाल, जिल्ला नगरतर्फको उपाध्यक्षम रामचन्द्र संघईको समूहका सुरकृष्ण बैद्य र एसोसिएटतर्फको उपाध्यक्षमा पनि उहाँकै समूहबाट ज्योत्सना श्रेष्ठ निर्वाचित हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *