चितवन–२ उपनिर्वाचन : रवि लामिछानेले बुझाए ६ पेजको स्पष्टीकरण
चैत २२ २०७९ चितवन । चितवन–२ का उम्मेदवार रवि लामिछानेले आफूविरुद्ध परेको उजुरीको विषयमा ६ पेज लामो स्पष्टीकरण बुझाएका छन् ।
आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर रविले स्पष्टीकरण बुझाएका हुन । उनको स्पष्टीकरण जाँचबुझ पछि कार्यालयले आजै साँझ उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।
लामिछानेविरूद्ध युवराज पौडेल सफल र पौडेलबाहेक चितवन–२ मै उम्मेदवारी दिएका चार जनाले उजुरी दिएका थिए । स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले मुख्य निर्बाचन कार्यालयमा पुगेर उजुरी दिएका थिए ।
उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका थिए ।
प्रतिक्रिया