Main News

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

हिमालय टिभी
२०७९ चैत २१ गते १५:१३
मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

२१ चैत २०७९ धनुषा । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा मधेश प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री र एक राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा सत्ताँ समीकरण फेरिएसँगै मुख्यमन्त्री यादवले एमालेलाई सरकारबाट हटाउन चाहनुभएको थियो । तर, बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेको समर्थन रहने आशामा नहटाइएको बताइएको थियो ।

अहिले एमालेले समेत बारामा उम्मेदवारी दिएपछि मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्री रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई राजीनामा गर्न दबाब दिनुभएको थियो ।

मधेश सरकारमा एमालेबाट सरोजकुमार यादव, गृह तथा सञ्चार मन्त्री शत्रुधन सिंह कोइरी, महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री मोहम्मद जैयद आलम, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी र गृह राज्यमन्त्री केशव राय थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *