राजनीति

कांग्रेसले बारा-२ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

हिमालय टिभी
२०७९ चैत १९ गते १३:१३
कांग्रेसले बारा-२ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने

१९ चैत २०७९ काठमाडौं । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय सुनाउँदै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले २०७९ को निर्वाचनभन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनुभयो । उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने बताउनु भयो ।

सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको बताउनु भयो ।

बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनका लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्