Main News

बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, तीन बजे पुनः बस्ने

हिमालय टिभी
२०७९ चैत १५ गते १२:५८
बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, तीन बजे पुनः बस्ने

१५ चैत २०७९ काठमाडौं । मन्त्रालय भागवण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको बैठक फरि पनि बिनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहान बसेको बैठकमा दलहरुले आफ्नो अडानमा कायमै राखेपछि सहमति जुट्न नसकेको हो । बैठक आज दिउँसो फेरि तीन बजे बस्दैछ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा साँझ पाँच बजेसम्म दलहरूले आफ्ना विषय थप घट गर्ने गरी निर्धारण गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई ८, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई २२ र जनमत, नागरिक उन्मुक्तिलाई १–१ मन्त्रालय दिनेगरी प्रस्ताव गर्नुभएको थियो । तर, एकीकृत समाजवादी र जनता समाजवादीले कम्तिमा ३–३ मन्त्रालयमा दाबी गरेका छन् ।

जसले गर्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन । गृह, अर्थ जस्ता महत्वपूर्ण १६ मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्रीकै काँधमा छ । भागवण्डामा सहमति जुटे लगतै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *