Main News

संस्कृत विश्वविद्यालय सुधारमा सरकारको बेवास्ता (भिडियो रिपोर्टसहित)

२०७९ चैत १२ गते २०:५२
संस्कृत विश्वविद्यालय सुधारमा सरकारको बेवास्ता (भिडियो रिपोर्टसहित)

१२ चैत २०७९ दाङ । संस्कृत भाषा पूर्वीय दर्शन र सभ्यताको जननी मानिन्छ । कुनै समय सानो कक्षाबाटै संस्कृतको अध्यापन हुने गर्थ्यो तर, माओवादी द्वन्द्वकालमा विस्थापित गरियो । २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यालय माओवादीको तारो बन्यो ।

अहिले माओवादी नै सत्तामा रहँदा हिन्दू विश्वविद्यालयको अवधारणा अगाडि आएको छ । संस्कृति र सभ्यताको स्रोत मानिएको संस्कृत भाषासँग जोडिएको नेपाल संस्कृत विश्वविद्यालयमा सरकारले ध्यानै दिन सकेको छैन । उस्तै प्रकृतिको अर्को विश्वविद्यालय खोल्नुको सट्टा भएकै संस्कृत विश्वविद्यालयलाई सवलीकरण गर्नुपर्ने धेरैको मत छ । संस्कृत विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढाउन पहल भएकै छैन ।

२०४३ सालमा स्थापना भएको महेन्द्र संस्कृत विश्वविद्यालय गणतन्त्र स्थापनापछि नेपाल संस्कृत विश्वविद्यालय बन्यो । नाम फेरियो तर, विश्वविद्यालयको अवस्था फेरिएन । विद्यार्थीले पुरानै पाठ्यक्रम पढ्न बाध्य छन् । राज्यको करोडौँको लगानी विश्वविद्यालयमा स्तरीय अध्यापन हुँदैन । भवन जीर्ण छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा शास्त्रीय तहमा ८० जना र आचार्य तहमा ३९ जना अध्ययनरत छन् । तर विश्वविद्यालयको स्तरोन्नतीका लागि कसैले चासो दिएका छैनन् । राजनीतिक खिचातानीका कारण धेरै समस्या आइरहेका छन् ।

एक त संस्कृत शिक्षामा छात्राको रुचि निकै कम छ । त्यसमाथि संस्कृतमा रुचि राखि बाहिरबाट पढ्न आउने छात्राका लागि विश्वविद्यालयले आधारभूत सुविधाको व्यवस्थापन समेत गर्न सकेको छैन ।

नेपालमा उच्च तहसम्म व्यवस्थित संस्कृति शिक्षा कार्यक्रम संचालन गरेर दक्ष जनशक्ति उत्पादन गर्ने, संस्कृत विद्याको परम्परालाई निरन्तरता दिने लगायतका उद्देश्यले स्थापना भएको यो विश्वविद्यालय बन्द हुने अवस्थामा पुगेको छ । स्थापना कालदेखि नै विद्यार्थी कम छन् । संस्कृतका थप विधा सञ्चालन गर्न सकिएको छैन ।

विश्वविद्यालयमा शास्त्रीय तह, आचार्य र विद्यावारिधि तह तथा आयुर्वेदमा स्नातक ९बिएएमएस० सञ्चालनमा छ । सशस्त्र द्वन्द्वकालमा संस्कृत विद्यालय बन्द गराएको असर अहिलेसम्म परिरहेको विश्वविद्यालयको तर्क छ ।

१२ वर्ष देखि दीक्षान्त कार्यक्रम हुन सकेको छैन । दरबन्दी अनुसार कर्मचारी छैनन् । दाङको देउखुरीमा रहेको करिव १३ सय बिघा जग्गा स्थानीयले हडपेका छन् । विश्वविद्यालयको आयश्रोत छैन ।

देशभरी रहेका १३ वटा आंगिक क्याम्पसमा करिव तीन हजार विद्यार्थी पढ्छन् । यो संख्या विश्वविद्यालयका लागि पर्याप्त होइन । भइरहेको विश्वविद्यालयलाई व्यवस्थित बनाउन नसक्दा सरकार भने नयाँ विश्वविद्यालय खोल्ने तयारीमा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *