Main News

दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७९ चैत ११ गते १३:१९
दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

११ चैत २०७९ धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा दुई वटा ट्रक ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमका लागि छुटेको ना ६ ख ६५ ७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ ख ९२९२ नम्बरको ट्रक ठोकिएर तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चालक २८ वर्षीय सागर चौधरी, सहचालक अर्जुन चौधरी र मोरङका ४४ वर्षका लोकमान श्रेष्ठ छन् । सर्लाहीका २० वर्षीय नारायण श्रेष्ठ घाइते भएका छन् । उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *