Main News

१४ वर्षपछि भएको स्ववियु निर्वाचन कस्तो रह्यो त? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ५ गते २०:५९
१४ वर्षपछि भएको स्ववियु निर्वाचन कस्तो रह्यो त? (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त र आंगिक क्याम्पसमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भएको छ । आइतबार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्यो । १४ वर्षपछि भएको स्ववियु निर्वाचन कस्तो रह्यो त ?

प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ देखि नियमित हुन सकेको थिएन । पछिल्लोपटक २०७३ मा केही क्याम्पसमा भए पनि खासगरी १४ वर्षपछि पूर्णरुपमा त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । लामो समयपछि भएको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित देखिए ।

काठमाडौंका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पसहरुमा मतदान भएको छ ।

काठमाडौंका रत्नराज्य, त्रिचन्द्र, अमृत साइन्स क्याम्पस सहित देशका केही क्याम्पसमा भने विवादका कारण यसअघि नै निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

स्ववियुका लागि आज भएको मतदानमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *