Main News

सतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री दाहाल

हिमालय टिभी
२०७९ चैत ५ गते १६:१२
सतप्रतिशत सांसदहरुले विश्वासको मत दिने आशा छः प्रधानमन्त्री दाहाल

५ चैत २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भोलि सतप्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो ।

उहाँले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *