Main News

कहाँ पुग्दैछ पाठ्यपुस्तक छपाई ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत ३ गते २०:२९
कहाँ पुग्दैछ पाठ्यपुस्तक छपाई ? (भिडियो रिपोर्टसहित)

३ चैत २०७९ काठमाडौं । पाठ्यपुस्तक छपाई समयमै नहुने र छपाईपछि समयमै विद्यार्थीको हातमा नपुग्ने समस्या वर्षौदेखिको हो । कतिपय जिल्ला र क्षेत्रमा किताब कुर्दाकुर्दै आधा शैक्षिक सत्र नै सकिने अवस्था समेत छ । वर्षौँदेखि समाधान हुन नसकेको यो समस्या यसपाली समाधान हुन्छ त ?

जनक शिक्षा सामग्री केन्द्रका अनुसार नयाँ शैक्षिक सत्रका लागि १ करोड ४० लाख पुस्तक आवश्यक पर्छ । हाल १ करोड २७ लाख छपाई सकिइसकेको छ ।

देशभरिका १२ सय विक्रेता मार्फत्, सातै प्रदेशका सबै विद्यालयमा पुस्तक पुग्नेछ । जनक शिक्षाको दाबीअनुसार ८५ प्रतिशत छपाई सकिएको छ र बाँकी १५ प्रतिशत केही दिनमै छापिने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *