Main News
यस्तो रहनेछ आजको मौसम
२०७९ फागुन ३० गते ९:१८
३० फागुन २०७९ काठमाडौं । आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश लगायत तराईका एक–दुई स्थानमा अपराह्णतिर मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया