Main News

सरकारले बढायो मलको मूल्य

हिमालय टिभी
२०७९ फागुन २९ गते १६:५१
सरकारले बढायो मलको मूल्य

२९ फागुन २०७९ काठमाडौं । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ ।

अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ । बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ ।

यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो । सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

यसअघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९ दशमलव ४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८० दशमलव ११ प्रतिशतबाट घटाएर ६४ दशमलव ४९ प्रतिशत कायम गरिएको छ ।

यस्तै डीएपी मलको अनुदान ५९ दशमलव ४ प्रतिशतबाट घटाएर ५२ दशमवल ३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८ दशमलव २ प्रतिशत अनुदानलाई घटाएर ४६ दशमवल ०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले मल माथिको परिनिर्भरता बढ्दै गएको भन्दै सरकारी लागत कम गर्न अनुदान घटाउन दिएको निर्देशनका आधारमा मलको मूल्य बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *