Main News

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

२०७९ फागुन २५ गते १७:३८
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई

२५ फागुन २०७९ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भन्नुभएको छ –राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज भएको निर्वाचनमा पूर्व सभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *