Main News

किन प्रधानमन्त्री कार्यालयमा सचिवलाई कामविहीन बनाएर राखिन्छ ? (भिडियो रिपोर्टसहित)

२०७९ फागुन २२ गते १८:२७
किन  प्रधानमन्त्री कार्यालयमा सचिवलाई कामविहीन बनाएर राखिन्छ ? (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७९ काडमाडौं । पछिल्लो समय कुनै सचिवलाई थन्क्याउन परे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा लैजाने परम्परा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ८ जना सचिव छन् । उनीहरुमध्ये अधिकांश काम बिहीन छन् । कामै नहुने स्थानमा यति धेरै सचिव किन चाहियो ?

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा रहेका सचिव र उनीहरुको जिम्मेवारी
दिनेश भट्टराई, आर्थिक तथा पूर्वाधार विकास
अर्जुनप्रसाद पोखरेल, सामाजिक विकास तथा प्रादेशिक समन्वय
उदयराज सापकोटा, कानून तथा मानव अधिकार
सुमनराज अर्याल, राष्ट्रिय सुरक्षा तथा सुशासन
गणेशप्रसाद पाण्डे, प्रशासन तथा नतिजा व्यवस्थापन
रामआधार साह, ईन्जिनियरिङ्ग क्लष्टर
खगेन्द्रप्रसाद नेपाल, विशेष दरबन्दी
रामप्रसाद थपलिया, अतिरिक्त समूह

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मुलुककै प्रशासनको सर्वोच्च निकाय हो । जहाँ मुख्यसचिवसहित ८ सचिव कार्यरत छन् । कुनै सचिवलाई काम दिनु नपरे अतिरिक्त वा विशेष समूहमा राखेर थन्काउने गरिएको छ ।

अहिलेको दरबन्दी कटौती गरेर २ जनामा सीमित राख्नुपर्ने जानकार बताउँछन् । संघीय संरचनामा देश गइसकेकाले केन्द्रमा अनावश्यक बोझ सृजना गर्नुभन्दा पनि कसरी छरितो र सेवामुखी प्रशासन बनाउने तर्फ सोच्नुपर्ने देखिन्छ ।

राजनीतिक शक्ति र भनसुनको आधारमा सहसचिवको बढुवका लागि मन्त्रिपरिषद् कार्यालयमा सचिवको दरबन्दी थप्ने गरिएको । यसले निजामती प्रशासनको व्यवस्थापकीय उच्च पद सचिवलाई सस्तो मात्र बनाएको छैन ।

राज्यलाई अनावश्यक खर्च समेत बढिरहेको छ । सचिवका लागि कर्मचारी व्यवस्थापन, सवारी साधान, इन्धन लगायतका शीर्षमा राज्यले करोडौं रुपैयाँ बेहोर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *