Main News

होली किन भूगोलअनुसार फरक दिन मनाइन्छ ? यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन २२ गते १८:२३
होली किन भूगोलअनुसार फरक दिन मनाइन्छ ? यस्ता छन् कारण (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७९ काडमाडौं । फागु पूर्णिमा मात्रै त्यस्तो पर्व हो जुन भूगोलअनुसार नेपालभित्रै पनि फरक दिनमा मनाइन्छ। हिमाल र पहाडी क्षेत्रमा पूर्णिमाको दिन मनाइने यो पर्वको उल्लास तराई–मधेसमा चाहिँ प्रतिपदाका दिन हुन्छ। फागु पर्व भूगोलअनुसार फरक–फरक दिन मनाउनुको विशेष कारण त छैन। तर, पनि दुई दिने प्रचलन कायमै छ।

जानकार, हिन्दूका चाडपर्वबारे व्याख्या गरिएको निणर्यसिन्धू ग्रन्थको ३०८औं पृष्ठमा पूर्णिमाको दिनमात्र होली मनाउनु पर्ने उल्लेख छ भन्छन्। नेपालमा भूगोलअनुसार फरकफरक दिन मनाउनुमा परम्पराको निरन्तरतामा व्यवहारिकता पनि हेरिएको हुन सक्ने कतिपयको बुझाइ छ।

कारणः १
पहाड र काठमाडौं उपत्यकामा फागु खेलिसकेपछि होलीका दहन गर्ने चलन छ। तराईमा चाहिँ पूर्णिमाको राति होलीका दहन गरेपछि भोलिपल्ट फागु खेलिन्छ। होलीका दहनको खुसीयाली भएकाले तराईमा प्रतिपदाको दिन फागु मनाउने चलन बसेको मानिन्छ।

कारणः २
मिथिला क्षेत्रमा हरेक पूर्णिमाको दिन जनकपुरलगायत ठाउँमा हजारौंको उपस्थितिमा विशेष मेला लाग्छ। पूजाआजा पूर्णिमाकै दिन गरिए पनि मेलाको थकानका कारण रंगोत्सक चाहिँ प्रतिपदाका दिन मनाउने प्रचलन बसेको ठानिन्छ। पन्ध्र दिने मध्यमिकी परिक्रमालाई पनि कारण मान्ने गरिएको छ।

कारणः ३
मिथिलामा राजा हर्षवर्द्धनका पालादेखि र पहाडमा मल्लकालदेखि परम्परागत रुपमा फागु मनाउन थालिएको बताइन्छ। फरक( फरक समयमा संस्कृतिको सुरुवात भएका कारण पर्व मनाउने दिन पनि फरक परेको हो भनिन्छ।

कारणः ४
पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्गअनुसार मनाइने भएकाले पनि फागु मनाउने दिन र शैली फरक भएको अनुमान गरिन्छ।

मनाउने दिन र शैली केही फरक भए पनि फागु नेपाली संस्कृतिको सर्वस्वीकार्य पर्व हो। तर, पहाड र तराईमा फरक दिन मनाउनुमा चाहिँ प्रचलनबाहेक खास कारण देखिदैन । बुझाइ, परम्परा र प्रचलन आ(आफ्ना हुने नै भए।

तराइ र पहाडमा अघिल्लो र पछिल्लो दिन फागु मनाउनुको खास कारण नरहेकाले एकै दिन मनाउनु उपयुक्त हो। एउटै भूगोलभित्र एकै पर्व फरक(फरक दिन मनाउने प्रचलनले पर्वकै महत्वमा कतै न कतै प्रभाव पारेको हुन सक्छ। क्षेत्रीय रूपमा विभाजित समाजलाई थप एकीकृत गर्न पनि देशभर एकै दिन फागु मनाउनु पर्नेमा सामाजिक अगुवाले जोड दिन भने थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *