Main News

जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते

हिमालय टिभी
२०७९ फागुन २१ गते १२:४१
जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ जना घाइते

२१ फागुन २०७९ ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

चिसंखुगढी नगरपालिका वडा नम्बर ३ दियालेमा आज बिहान ना १ ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा स्थानीय ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घाइते ११ मध्ये तीन जनाको अवस्था गंभिर छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण जीप अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *