राम्रो गर्न खोज्दा आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको अध्यक्ष ओलीको टिप्पणी (भिडियो रिपोर्टसहित)

२० फागुन २०७९ भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको टिप्पणी गर्नु भएको छ ।
अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको जिकीर समेत गर्नुभयो । आज भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह गर्नु भयो ।
अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले विगुल फुक्नुपर्ने जरुरी रहेको बताउनु भयो । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरुले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटकपटक दोहो¥याउनु भयो । उहाँले जनताको चेतनास्तरमाथि उठाउने काममा बुद्धिजीविहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया