Main News

नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले सांसदहरुलाई प्रशिक्षण दिँदै

हिमालय टिभी
२०७९ फागुन १८ गते ९:२४
नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले सांसदहरुलाई प्रशिक्षण दिँदै

१८ फागुन २०७९ काठमाडौं । नेपाली काँग्रेससहित आठ दलीय गठबन्धनले आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको हो । कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

प्रशिक्षण कार्यक्रममा काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू र सांसदहरूलाई बोलाइएको छ ।

माघ २५ गते हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *