Main News

राष्ट्रपति नपाएपछि बाबुराम असन्तुष्ट ! (भिडियो रिपोर्टसहित)

२०७९ फागुन १६ गते २१:१५
राष्ट्रपति नपाएपछि बाबुराम असन्तुष्ट ! (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७९ काठमाडौं । मंसिर ४ को निर्वाचन लगत्तै राष्ट्रपतिमा आकांक्षा देखाएका बाबुराम भट्टराई अवसर नपाएपछि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसलाई प्रस्ताव गर्छन् त्यसैलाई सबैले मानौं भन्ने भट्टराई अहिले आफू नभएपछि असन्तुष्ट हुनुभएको हो । प्रचण्डले राष्ट्रपतिको आश्वासन दिएर अहिले धोका दिएकाले भट्टराई असन्तुष्टि व्यक्त गर्नुभएको त हैन ?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गएको पुस ३० गते गरेको ट्विट हो यो । राष्ट्रपति राष्ट्रिय सहमतिको हुनुपर्ने उहाँको आसय थियो । त्यति मात्रै होइन प्रधानमन्त्रीले प्रस्ताव गरेको पात्र आफूलाई स्वीकार्य हुने उहाँको यो ट्वीटबाट बुझ्न कठिन छैन । भट्टराईको यो आसयलाई प्रधानमन्त्री प्रचण्डले पनि जपिरहनु भयो ।

आफ्नो निर्वाचन क्षेत्र नै त्याग गरेका भट्टराईलाई प्रचण्डले गुन तिर्ने आश थियो । गोरखा क्षेत्र नम्बर २ छाडेको बदलामा आफूलाई प्रचण्डले राष्ट्रपति प्रस्ताव गर्ने भट्टराईको विश्वास थियो । भट्टराई निकटस्त नेताहरु पनि यो कुरा स्वीकार गर्थे । तर अहिले नेताहरु खाटा बसिसकेको घाउ नकोट्याउन आग्रह गर्छन् ।

पुस १० मा बनेको गठबन्धन भत्किएर त्यसको दुई महिनापछि फागुन १२ गते ८ दलीय नयाँ गठबन्धन तयार भयो । फागुन १३ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई यो गठबन्धनले राष्ट्रपतिको साझा उम्मेदवार बनायो ।

राष्ट्रपतिको उम्मेदवारी दर्ता भएपछि लगातार दुई दिन भट्टराईले दुई ट्वीट गर्नुभयो । जहाँ नयाँ गठबन्धन र राष्ट्रपतिको उम्मेदवारका विषयमा असन्तुष्टि पोखिएको छ । दल र तीनका नेताका लागि राजकीय पदको भागबण्डा नै मुख्य मुद्दा भएको उहाँले आरोप लगाउनुभयो ।

हिजो आफैंले राष्ट्रिय सहमति गरौं भन्ने भट्टराई अहिले किन असन्तुष्ट ?

जनताका मुद्दा भन्दा पदका लागि मरिमेट्ने र आफूले गरेको सहमति अनि प्रतिवद्धतामा नटिक्ने नेताको पंक्तिमा उभिएका भट्टराईले अरुलाई चोर औंला देखाइरहँदा बाँकी चार औंला भट्टराईतिर नै सोझिएका छन । हिजो राष्ट्रिय सहमतिको रटान लगाउने अनि अहिले फेरी त्यसैलाई गलत भन्ने भट्टराईको दोहोरो नीति धेरैलाई चित्त बुझेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *